युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बझाङमा भिरबाट लडेर एक जना पुरुषको मृत्यु | कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा १३ जना घाइते | गृह नपाए सरकारबाट बाहिरिने रास्वपाको चेतावनी | भरुवा बन्दुक फेला | नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति बाजुराको आमन्त्रित सदस्यमा रोकाया मनोनीत | जिप व्यावसायिकले भाडा मनोमानी लिएको यात्रुको गुनासो | भुकम्प आउने हल्लाले रातभर जागराम, अफवाह फैलाउनेलाई कारबाहीको माग | सहिद दिवसको अवसरमा स्व. शाही लाई सामजिक राजनितिक क्षेत्रलाई कविता मार्फत व्यक्त | नेविसंघ बाजुराले सहिद दिवसको अवसरमा बाजुरा क्याम्पस परिसर भित्र सरसफाई गरेर मनाए | नेविसंघ बाजुरा क्याम्पस द्वारा शहिद दिवसको अवसरपारी क्याम्पस सरस |
20 पटक पढिएको

कालीकोट — नेपाली सेनाले कर्णाली करिडोर अन्तर्गत खुलालु–लैफु–सल्लीसल्ला सडक खण्ड निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरेको छ । सेनाले जिम्मा लिएको १ सय २२ किलोमिटर सडक बिहीबार हस्तान्तरण गरिएको हो ।
कर्णाली करिडोर अन्तर्गत कालीकोटको लालीघाट भीर छिचोलेर सेनाले निर्माण गरेको सडकमा यात्रुवाहक जिप । सेनाको सडक निर्माण कार्यदलका प्रमुख सेनानी मिलन कार्कीले हिल्सा–सिमकोट सडक निर्माण आयोजनाका प्रमुख बिसुन्दास लामालाई सडकका सबै काजजात हस्तान्तरण गरेका छन् । ‘सेनाले जम्मा लिएको सबै काम सकेका छौं,’ प्रमुख सेनानी कार्कीले भने, ‘सडकको स्तरोन्नति, कालोपत्र, नदी तथा ठूला खोलाका पक्की पुल बनाउने काम सडक विभागले गर्नेछ ।’ आयोजना प्रमुख लामाले विस्फोट गर्नुपर्ने ठाउँमा सेनाको काम छिटो र प्रभावकारी भएको बताए ।
कडा चट्टान भएपछि सेनाले झन्डै ७ वर्ष लगाएर सडकको ट्रयाक खोलेको हो । कार्यदलले सडक निर्माणका लागि कालीकोटको लालीघाट, राताडाडा, बाजुराको पिलुचौर, धुलाचौर, तिथिचौर, हुम्लाको गल्फागाड र खाचामा क्याम्प राखेर सडक निर्माण गरेको थियो । हाल अन्यत्रका क्याम्प हटाइए पनि कालीकोटको लालीघाट, बाजुराको तिथिचौर र हुम्लाको खाचामा क्याम्प कायमै छ ।
सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको भारतको रुपैडियादेखि चीनको तिब्बत जोड्ने उत्तर–दक्षिण करिडोरअन्र्तगत यो सडक निर्माण भएको हो । खुलालुदेखि हिल्सासम्म २ सय ८१ किमि लम्बाइ छ । २०७१ चैत ५ गते सरकारले सेनालाई सडक निर्माणको जिम्मा दिएको थियो । कार्कीका अनुसार अब कालीकोट, बाजुरा, मुगु र हुम्लाका दर्जनौं ग्रामीण बस्ती सडक सञ्जालमा जोडिएका छन् । कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडक निर्माणको अनुभवका आधारमा कर्णाली करिडोरलाई ६ मिटर चौडा बनाइएको उनले बताए ।
कालीकोटको खुलालुस्थित कर्णाली नदीपारिबाट मुगु र हुम्ला कर्णाली हुँदै करिब ३ दर्जन खोला र कडा चट्टान छिचोलेर सडक निर्माण गरिएको हो । ५ वर्षभित्र ट्रयाक खोल्ने लक्ष्य लिएर निर्माणको काम सुरु गरे पनि बाढीपहिरो र हिउँका कारण अवधि लम्बिएको थियो । पछिल्ला दुई वर्षमा कोरोना महामारीका कारण निर्माणको काम प्रभावित भएको प्रमुख सेनानी कार्कीले बताए । उनका अनुसार करिडोरमा पर्ने झन्डै एक दर्जन ठूला खोलामा फलामे पुल (बेलिब्रिज) र १० वटा खोलामा कल्भर्ट निर्माण गरिएको छ ।

सेनाले कालीकोटमा ४०, बाजुरामा ४४ र हुम्लाको कुवाडी खोलाखेखि सल्लीसल्लासम्म ३९.७५ किलोमिटरमा सडक निर्माणको काम सम्पन्न गरेको हो । ‘अहिले करिडोरको ठाउँठाउँमा पहिरो खसेको छ,’ कार्कीले भने, ‘वर्षाको बाढीपहिरोले बिगारेको सडक कात्तिक मसान्तसम्म हामी नै मर्मत गर्छाैं ।’ कडा चट्टान, पर्याप्त बजेटको अभाव र निकासामा हुने गरेको ढिलासुस्तीले पनि काम प्रभावित भएको उनले बताए । उनका अनुसार अहिलेसम्म सडक निर्माणमा १ अर्ब ६५ करोड ५५ लाख रुपैयाँ खर्च भएको छ ।
सल्लीसल्लादेखि हुम्लाको सदरमुकाम सिमकोटसम्मको ५१ किमि सडकमा भने सडक विभागमार्फत काम भइरहेको छ । सिमकोट जोड्न बीचमा बाँकी रहेको १२ किमि सडक खण्डको काम पनि सेनालाई दिएर हुम्लावासीको सडक सपना पूरा गर्नुपर्ने नागरिक अगुवा रमेश ऐडीले बताए ।
कान्तिपुर दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!