
कञ्चनपुर: १० वर्षदेखि भारतमा फसेका ४ महिलाको उद्दार गरिएको छ । शान्ति पुनर्स्थापना केन्द्र कञ्चनपुरले ४ जना महिलालाई उद्दार गरेको हो ।
कञ्चनपुरकी ३५ वर्षीया महिला, दार्चुलाकी १९ वर्षीया बालिका, रोल्पाकी १७ वर्षीया बालिका र सुनसरी जिल्लाकी २२ वर्षीया महिलालाई उद्दार गरेको गृहले जनाएको छ । उनीहरुलाई भारतीय संस्था हेल्प क्रस ट्रस्ट र नेपाली राजदुतावास संगको सहकार्यमा उद्दार गरेको जनाइएको छ ।