
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएका अभियोगमा महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा कार्यरत प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठसमेत तीन जनाविरुद्ध बिहिबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाइदिन्छु भनी सेवाग्राहीबाट प्रहरी हवल्दार श्रेष्ठले ६० हजार घुस लिएको पाइएको आयोगले जनाएको छ ।
आयोगका अनुसार घुस लिइ एक रेष्टुरेन्ट सञ्चालकलाई राख्न दिइएको थियो। गत फागुन २३ गते प्रहरी हवल्दार श्रेष्ठ र रेष्टुरेन्ट सञ्चालक अनिश श्रेष्ठलाई पक्राउ गरेको थियो ।