काठमाडौँ— राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्तामा खम्मबहादुर खातीलाई नियुक्त गरेकी छन् ।
बाजुरा जिल्ला बुढीगंगा स्थायी घर भएका खाती लाई बिहिबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्तामा नियुक्ती गरेकी हुन ।
सरकारको सिफारिसमा संविधानको धारा १५७ को उपधारा २ बमोजिम खातीलाई महान्यायधिवक्तामा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।