राम बहादुर दानी– बाजुरा जिल्लाको खप्तड छेडेदह गााँउपालिका वडा नं. ७ मा पर्ने छेडेदह ताल राज्यको आँखा नपुग्दा ओझेलमा परेको छ ।
बषौं देखि ओझेलमा परेको छेडेदह ताल जिल्लाको एक पर्यटकिय सम्भावना बोकेको ठाँउका रुपमा परिचित छ । त्यस क्षेत्रका स्थानियहरुले आसा राखेको बिकासको फट्को पनि सोचे अनुरुप भएको छैन ।
यस ताललाई थप पर्यटक भित्र्याउने स्थानिय बासिन्दाहरुको पहलमा पदमार्ग निर्माणको कार्य भैरहेको छ । तालको वरी परी आगन्तुक पर्यटकहरुलाई घुम्नका लागी सो पथ मार्ग निर्माण भैरहेको एक स्थानिय मन बहादुर रावत बताउछन । प्रदेश सरकार र जिल्ला बन कार्यालय बाजुराको केहही आर्थिक सहयाोग र १० लाख बरावरको जनश्रमदानबाट निर्माण हुँन लागेको पदमार्ग यो बर्षमा नै निर्माण हुने सो पदमार्ग मार्गका निर्माण समितिका अध्यक्ष मन बहादुर रावत बताउछन ।
यता स्थानियहरुकाा अनुसार यस क्षेत्रको पर्यटकिय बिकासका लागी संघ,प्रदेस र स्थानिय तहको भने कत्ति पनि आँखा नलागेको गुनासो रहेको छ । यस क्षेत्रलााई आगामी दिनहरुमा भ्युटावर र रिसोर्ट निर्माण गरि आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याएर थप आर्थिक उपार्जनमाा टेवा पुग्न सक्ने सो ठाँउका स्थानियहरुको भनाई रहेको छ ।
आफ्नै ठाँउमा यस्तो लोभ लाग्दो पर्यटकिय ठाँउ हुँदा हुँदै पनि ४ बर्षिय कार्यकाल बित्नै लाग्दा पनि सम्बधित खप्तड छेडेदह गाँउपालिकाको ध्यान नगएको स्थानिय मन बहादुर रावतको गुनासो रहेको छ ।
तालको छेउमा पहिरो जान सुरु भएकोले निकट भविश्यमा सो ताल लोप हुन सक्छकी भन्ने चन्तन रहेको पनि स्थानिय बताउछन । करिव अनुमानित २५ बर्गमिटरमा फैलिएको सोतालको बिचमा पुरातात्विक मन्दिरको समेत संरक्षण हुन नसकेको पाइएको छ ।
तत्काल आन्तरिक पर्यटक भित्र्याउने उद्देश्यले दुइवटा डुँगाहरु राख्ने लक्ष रहेको स्थानियको भनाई रहेको छ । तत्कालका लागी पथमार्ग निर्माण कार्य भै रहेकोले आगामी दिननहरुमा यसलाई देश तथा देश भन्दा बाहिर सम्म चिनाउन उपभोक्ता समितिको पहलमा पथमार्ग सुरु भएको निर्माण समितिका अध्यक्ष रावत बताउछन । यस ताललाई तत्काल पर्यटकिय क्षेत्रका रुपमा चिनाउन स्थानिय तहले बिषेश भुमिका खेल्नु पर्ने देखिएको छ । यो क्षेत्रलाई आरक्षण क्षेत्रको रुपमा लैजानु पर्ने भएकोले यस क्षेत्रमा पर्यटकहरु भित्र्याउन सके सो ठाँउका युवाहरु स्वरोजगार बन्ने पनि लमगाउका केही स्थानियहरुको भनाई रहेको छ ।
जिल्लामा यस्ता कयौं पर्यटकिय सम्भावना बोकेका ठाँउहरुको पसिहचान हुँन नसक्दा धेरै धार्मिक तथा पुरातात्विक सम्पतिहरु ओझेलमा परेको स्थानिय मन रावत बताउछन । यस्ता क्षेत्रको संरक्षण गर्न नसक्नुमा स्थानिय सरकार देखि राज्यको कम्जोरी रहेको पनि पाइएको छ ।
भिडियो हेर्न तलकाो लिंकमा क्लिक गर्नु होला । धन्यबाद ।