
बाजुरा: सम्माननिय प्रधानमन्त्री शेर बहादुर देउवाको सिफारिसमा बिहिबार राष्ट्रपति बिद्या देवि भण्डारीले खम्म बहादुर खातीलाई महान्यायधिवक्तामा नियुक्ती गरेको थियो । शुक्रबार मात्र नेपाली काँग्रेस बाजुराका महाधिबेसन प्रतिनिधी तथा काँग्रेस बाजुराका युवा नेता खम्म बहादुर खाती नेपाल सरकारको महान्यायधिवत्ता जस्तो गरिमामय पदमा नियुक्त भएकोमा नेपाली कांग्रेस बाजुराद्धारा हादिर्क बधाई तथा कार्यकालको पुर्ण सफलताको शुभकामना व्यक्त गरेका छन ।
दुर्गम तथा पिछडीएको बाजुरा जिल्लाको बुढिगंगगा नगरपालिका वडा नं ४ कुल्देवमाण्डौ घर भएका अधिव्यक्ता खम्म बहादुर खातिलाई बिहिबार राष्ट्रपति विद्यादेवि भण्डारिले संबिधानको धारा १५७को उपधारा ९२० बमोजिम महान्यायधीव्क्तामा नियुक्त गरका खातिलाई नेपाली कांग्रेस बाजुराका पार्टी सभापति कविराज पण्डितले पार्टीको तर्फबाट उनलाई बधाइ दिएका छन।
शुक्रबार नेपाली कांग्रेस बाजुराका सभापति कविराज पण्डितको हस्ताक्षर बधाइ पत्रमा नेपाल वार एसोसियनका पुर्व महासचिव खम्म खाति नेपाल सरकारको महान्यायधिवक्तामा नियुक्त भएका खातिलााई बधाइ र शुभकामना दिएका छन् ।साथै यहाँको कार्यकाल नेपालको फौजदारि न्याय प्रणाली सुदृढीकरण लगायत विधिको शासन, कानुन सर्वोच्चता कानुनी उपयोगमा स्व्च्छता र पारदर्बिता कानुनी हकको प्रभावकारि भुमिका निर्वाह गर्न सफलता मिलोस भन्ने कामना समेत गरेको बधाइ पत्रका लेखेको छ ।
समग्र बाजुरेली जन्ताका ढुक्ढुकि तथा युवा नेता खम्म खाति नेपाल सरकारको महान्यायधीव्क्तामा नियुक्त हुदाँ खातिलाई सबै बाजुरेली जन्ताहरुले सामाजिक संञ्जाल मार्फत बधाइ तथा शुभकामना दिएका छन् ।