
राम बहादुर दानी/बाजुरा: नेपाली काँग्रेसका युवा नेता सुरेन्द्र सिंहले नेतृत्वहरु मिलेर अगाडी बड्न आवश्यक रहेको बताएका छन् । आसत्र ७ औं जिल्ला अधिवेशनमा सबै वर्ग, समुदाय र क्षेत्रलाई समेटिने गरी नेतृत्व चयनमा लाग्नु पर्ने उनले बताए ।
अधिवेशनको समय नजिकिदै जाँदा नेताहरु आ–आफ्नो उम्मेद्वारीको लभीमा लागि रहेका छन् ।
नेपाली काँग्रेस बाजुरामा आपसी असमझदारीको क्षेत्री बेहोर्नु परेका क्षेतिबाट पाठ सिक्नु पर्ने । यो अधिवेशनमा पाटी पंतिका नेताहरुले आपसी सहमति र समझदारी गरेर अगााडी बढ्नु पर्ने आवश्यकता रहेको कुरा लाेकतन्त्र बिहानी न्युजलाइ बताए ।
नेपाली काँग्रेसले स्थानिय तहमा भएका समझदारीका साथ नेतृत्व पंतिहरु एक्का ढिक्का भएर जसरी अगाडी बढियो अधिवेशनमा समानान्तर र सबैलाई समावेश हुने नेतृत्व चयन हुने पनि नेता सिंहको ठम्याई रहेको छ । स्थानिय तहको निर्वाचनमा भएका समझदारी अनुसार संघ र प्रदेशको निर्वाचनमा एक ढिक्का भएर नगएकै कारण पार्टीले धोका पाएको उनले बताए ।
जिल्लाको छैठौ अधिवेशनमा भएका केही कमी कम्जोरीहरुलाई समिक्षा गर्दै आगामी अधिवेशनमा अगाडी बढ्नु पर्ने पनि उनको भनाइ रहेको छ । सातौँँ जिल्ला अधिवेशनमा युवा नेतृत्वलाई पनि बिशेष जिम्मेवारी दिनु पर्ने र सबैलाई मिलाएर लैजानु पर्ने कुरामा उनको जाेड रहेको छ ।
जिल्लाको अधिबेशनमा एक पद एक ब्यक्तिको अवधारणा ल्याँउनु पर्ने आवश्यकता परेको पर्ने भएकोले पार्टी पंतिको लगाब र योगदानको उच्च कदर गरेर अधिबेशन सफल पार्नु पर्ने कुरामा उनि बताउछन ।
बिगतका जस्तै नेतृत्व पंतिहरुमा मनमटाब, उताव चढाब र होडवाजीले सहमति सहकार्य र सबैलाई मिलाएर लैजाने वातावरण सृजना नभए आफ्नो उम्मेद्वारी सचिव पदका लागी कडा रहने पनि नेता सिंहले बताएका छन् । त्यस्तै एक पद एक ब्यक्तिको अवधारण अनुरुप सबै नेताहरुलाइ ठाँउ दिनु पर्ने भएकोले यो अवधारण ७ औं जिल्ला अधिधबेशनले ल्याँउनु पर्ने उनको ठम्याई रहेको छ ।
अधिवेशन र चुनावको मिति नजिकिदै जाँदा मात्र जिल्ला मुखी भएर पदको होली मुहाली गर्नेलाई नेतृत्वमा अब्बल भनन नसकिने भन्दै राजनितिक गर्दा जिल्ला मुखी ननै भएर काम गरेका युवा पिडीका नेतृत्व पंतिलाई अधिबेशनले बिशेष स्थान दिनु पर्ने पनि नेता सिंहको भनाई रहेको छ ।
त्यस्तै अर्को प्रसंगमा नेता सिंहले जिल्ला अधिबेशनमा सबैको सहमति, समझदारी र आपसी सल्लाह अनुरुप पार्टी पंति अगाडी भढेको खण्डमा आफुलाई पाटीले जुन सुकै पद दिए पनि स्वीकार्न तयार भएको भनाइ रहेको छ । यदि नृतृत्व पंतिले सबैलाई मिलाएर लैजान सक्ने अवस्था नभए आफुले नेपाली काँग्रेस जिल्ला कार्य समिति सचिव पदमा उम्मेद्वारी दिने बताएका छन् ।
को हुँन त नेता सिंह उनको राजनितिक पृष्ठभुमी
बडीमालिका नगरपालिका वडा नं. ४ (साविकको बुढीगंगा गा.बि.स. वडा नंं ४) रिलामा बि.सं. २०४२ मा जन्मेका नेता सिंहले स्नातक तह सम्मको शिक्षा पुरा गरेका छन् । बिद्यार्थी जीबन देखि नै राजनितिक शुरु गरेका युवा नेता सिंहले हरेक परिवर्तनशिल राजनितिक घटनाक्रममा सरिक भै हरेक काल खण्डमा पार्टी पंत्तिमा ठुलो योग्दान दिदै आएका छन् ।
बि.सं. २०५४ सालमा मालिका मा.बि.को इकाई कार्य समितिबाट औपचारिक राजनितिक यात्रा शुरु गरेका सिंह बि.सं.२०५७ सालमा नेपाल बिद्यार्थी संघको जिल्ला कार्य समिति सदस्य पदमा निर्वाचित भएका थिए । बि.सं.२०६१ सालमा ने.बि.संघ बिदेश क्षेत्रको केन्द्रीय उपाध्यक्ष पदमा रही काम गरेका हुन् । त्यस्तै बि.सं. २०६३ सालमा ने.वि.संघको जिल्ला कार्य समिति उपाध्यक्ष पदमा निर्वाचित भएका थिए भने बि.सं.२०७० सालमा नेपाल बिद्यार्थी संघको जिल्ला अध्यक्ष पदमा निर्वाचित भै बिद्यार्थी राजनितिमा ठुलो योग्दान पुर्याउदै आएका हुन् ।
बि.सं.२०७२ सालमा ११ औँ ने.वि.संघको महधिवेशनमा केन्द्रीय सह–महामन्त्री पदको उम्मेद्वार भएका सिंह नेपाली काँग्रेसको पाँचौँ र छौठौ जिल्ला अधिवेशनमा प्रतिनिधि भै सकेका छन् । यसरी नेता सिंहले नेपाली काँग्रेसका भातृ संघमा रही बिद्याथी राजनितिबाट आफ्नो राजनितिक यात्र शुरु गरेका हुन ।
नजिकिदै गरेको आशन्न नेपाली काँग्रेसको जिल्ला अधिबेशनमा नेतृत्व पंतिहरुले सबैले मिलाएर लैजाने र समझदारीको अधिवेशन हुन नसक्ने सम्भावना देखिएमा आफु सचिव पदका लागी खुल्ला लड्न तयार भएको बताएका छन् ।
