बाजुरा: जिल्लाको कारागारमा मोवाइल र चरेश धन्दा चलिरहेको पाईएको छ । सुरक्षा जस्तो संवेदनशिल निकायमा नै अबैध सामान र चरेश धन्दाले जिल्लाको प्रशासन तथा सुरक्षामा चरम लापर्वाही रहेको पुष्टि भएको छ ।
जिल्ला कारागार बाजुरामा कैदीहरुको हातमा दुइ/दुई वटा मोवाइल सेटहरु प्रयोग भएको तथ्य बाहिरिएको छ । यसरी गैर कानुनी धन्दाको व्यापार गर्नुमा जेलर प्रहरी प्रशासनको लापर्वाही भएको पाइएको छ । कारागार भित्रै मोवाइल सेट र चरेस धन्दाको व्यवशाय भै रहेकोले सुरक्षामा फितलो आएको एक कैदी बन्दीले बताएका छन् ।
जिल्ला शाखा बाजुराको कारागार भित्र कैदिहरुले चरेश बाहिरबाट लिएर भित्र कारोबार गर्ने गरेको बिगत देखि पाइरहेको छ । कारागार भित्र एक महिनामा २० हजार भन्दा बढी चरेशको कारोबार हुने गरेको एक गोप्य स्रोतले वताएको छ ।
यो विषयमा के भएको हो भनी जिल्ला कागारार बाजुराका जेलर प्रशासक सनराज रावललाई सोध्दा हरेक आर्थिक बर्षको अन्तिम दिन अथवा श्रावण १ गते कारागारमा रहेका नाईकेहरुलाई फेर वदल गरेकोले बमण्डा मच्चउनका लागि नभएको सुचना गोप्यरुपमा बाहिर लिएको बताएका छन । उनका अनुसार गत असाढ २४ गते जिल्ला कागारमा प्रमुख जिल्ला अधिकारी र प्रहरी निरिक्षक लगायतको टोलीले अनुगमन गर्दा त्यस्तो केही तथ्य नभेटिएको तर एक सेट माोवाईल सेट मात्र भेटिएको पाईकको छ ।
यसरी गोप्य श्रोतबाट आएको सुचनामा ३९ मोवाईल सेट र चरेस कारोबारको धन्दा कारागार भित्रै भैरहेको पाइएता पनि आधिकारिक रुपमा भने यो तथ्य बाहिरिएको छैन । २५ जना कैदी राख्कोन सक्ने मात्र क्षामता रहेको जिल्ल्ला कारागार बाजुरामा कैदीहरुलाई राख्न ठाँउको अभाबमा धेरै कैदि राख्नु परेको कारागार शाखाका प्रमुख जेलर सुनराज रावलले जनाएका छन् ।
यता जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी मदनजित महराले भने बाहिर आएको कुरा जस्तो चरेश र फोनको कारोबार नभएको वताएका छन् । बिभिन्न संचार माद्यामबाट यस्तो समाचार बाहिरिदा पनि यो कुराको तथ्य के हो तपाईले खण्डन गर्नु भएन भनेर सोध्दा यसको बिषयमाा कुनै सत्य तथ्य प्रमाण नभएको तर असार २४ गते कारागारको अनुगमन गर्दा एक सेट माोवाईल मात्र रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीसँग यो बिषयमा के भएको हो भनी बुझ्दा आफुहरुलाई कुनै त्यस्तो थाहा नभएको बताएका छन् । अघिल्लो पटक अनगुमन गर्दा जिल्ला कारागार भित्र कुनै त्यस्तो अबैध बस्तु नभेटिएको बताएका छन् ।
यो बिषयमा प्रशासन र सुरक्षा निकायको कम्जाेरी रहेको पनि पाईएको छ । यस्ता गोप्य सूचनाहरु बाहिर आई सक्दा पनि यो बिषयमा कडा प्रतिक्रिया लिन नसक्नु प्रशासनको नै कम्जोरी देखिन्छ ।