बाजुरा: बडिमालिका नगरपालिका वडा नं.१का वडा सदस्य रघुनाथ जोशिले जन्मोतसबको अवसरमा आसन्न काँग्रेसको १४ औ महाधिवेसनमा डा नं. १बाट बडा सभापतिको उम्मेदवारको घोषणा गरेका छन् ।
२०७४ सालको स्थानीय चुनावमा नेपाली कांग्रेसबाट बडा सदस्यमा विजय भएका नेता रघुनाथले आसन्न कांग्रेसको १४ महाधिवेसनमा वडा सभापतिका उम्मेदवार बन्ने घोषणा गरेको छन् ।
नेता नाथलाई ५७ वर्षको जन्मोतबसको अवसरमा जन्म दिन मनाउदै गर्दा उनले नेपाली कांग्रेसको १४ महाधिवेसनमा आफनो उम्मेदवारी भनेको वडा नं. १ बाट सभापतिको उम्मेदवारि रहने बताएका हुन् ।
उनले लामो समय देखि नेपाली काँग्रेस पार्टीमा सक्रिय रही आसन्न महाधिवेसनमा आफुलाइ सबै कार्यक्रताहरुले सहयोग गर्न अपिल गरेका छन् ।
आसन्न महाधिवेसनमा आफनो आकांक्षा भनेको बडिमालिका नगरपालिका वडा नं. १बाट वडा सभापतिको दाबेदार रहेको उनले बाएका छन् ।
वडा सभापतिमा आफुलाई सहयोग नगरे आफु पार्टीमा सन्यास तथा आरामा गर्ने समेत बताएका छन् । महाधिवेसनमा आफुलाइृ सबै कार्यक्रताहरुले सकेसम्म सहमतिकै आधारमा वडासभापति बनाउने अपेक्षा गरेका छन् ।
बडिमालिका नगरपालिका वडा नंं. १का वडा सदस्य रघुनाथको जन्म २०२१ साल साश्रवण २ गते साविको जुगाडा गाविसको नुवाकोट गाउँमा जन्मीएका एक भिजनसिल नेताको रुपमा चिनीन्छन्। नाथले १०३६ सालबाट उनले राजनितीक यात्रा सुरु गरे सँगै उनको लामो राजनीतिक संघर्ष पछि उहांले २०७४ सालको स्थनीय चुनावमा सफलता प्राप्त गरेका हुन् ।
यसरी लामो समय देखि राजनितिक यात्रा सुभारम्भ गरेका रघुनाथले १४ औँ महाधिवेसनमा वडा सभपतिको उम्मेदार बन्ने आकाँक्षा राखेका छन। साथै आसन्न काँग्रेसको १४ औ महाधिवेसनमा बडिमालिका नगरपालिका वडा नं. १ का सबै काग्रेसका कार्यक्रता र नेताहरुले आफुलाई सहयोग गर्न अपिल गरेका छन् ।