
बाजुरा: नेपाली काँग्रेसको ७ औं जिल्ला अधिबेशनको समय नजिकिदै जाँदा जिल्ला देखि गाँउ सम्मका नेताहरुको आ–आफ्नो उम्मेद्वारीमा होडवाजी सुरु भैरहेको छ ।
नेपाली काँग्रेसमा प्राय जसो परिपक्कतामा निर्भर रहेर युवाहरुलाई नेतृत्वमा पछौटेपनमा पारेको युवा कार्यकर्ताहरुको गुनासो रहेको छ । गाँउ सस्तरका नेता तथा कार्यकर्ताहरुमा सबै भन्दा बढी अधिवेशन लागेको पाईको छ ।
बडीमालिका नगरपालिका वडा नंं. १ मा पनि वडा सभापति पदका लागी सकस हुने सम्भावना देखिन्छ । वडा सभापति पदका लागी हालका सभापति राम बहादुर कार्की पनि पुन: दोहारिने दाउमाा लागी रहेका छन भने यता २०३६ साल देखि वडा सदस्य भन्दा माथी पुग्न सकेको दुखेसो पोख्दै यो अधिवेशनमा आफुलाई वडा सभापतिको पदका लागी उम्मेद्वारी घोषणा गरि सकेका छन् ।
यता नेपाली काँग्रेसमा युवाहरुको नेतृत्व आवश्यक परेको भन्दै छौठौंं गाँउ अधिवेशनबाट वडा नंं १ मा सचिव पदमा बिजयी गंग कार्कीले पनि ७ औ गाँउ अधिवेशनमा आफुले पनि वडा कार्य समिति सभापति पदका लागी दावी गर्ने बताएका छन । छैठौं गाउ अधिवेशनमा उपसभापतिमा चित्त बुझाएका लाल बहादुर हमाल पनि उसोत आफु पनि उम्मेदवारीका लागी योग्य भएको भन्दै आफ्नो दावी गाँउ कार्य समिति सभापतिमा रहने बताउदै आएका छन् ।
परिवर्तनशिल समयमा युवा नेतृत्वको आवश्यकता परेकोले वडा नं. १ को वडा कार्य समितितमा आफुलाई नै सबैले सहयोग गर्नु पर्ने युवा नेता गंग बहादुर को भनाई रहेको छ । समय र परिस्थिति अनुकुल युग्य,कर्मठ र जुझारु युवाको खाँचो काँग्रेस भित्र रहेकोले आफ्नो कडा उम्मेद्वारी सभापतिमा रहेको कार्कीले बताएका छन् ।
२०६० सालबाट आफ्नो बिद्यार्थी राजनिति यात्रा सुरु गरेका कार्की २०६४ सालमा जाल्पाा मा.बि.मा ने.वि.संघको अध्यक्ष हुदै नेपाल बिद्यार्थी संघको जिल्ला कार्य समिति सदस्य, नेपाल तरुण दल जिल्ला कार्य समिति सह–सचिव र नेपाली काँग्रेस वडा कार्य समिति वडा नं. १ को सचिव पदमा रही आएका छन् । उच्च माद्यामिक तह सम्मको अध्यायन गरेका कार्कीले ७ औं जिल्ला अधिवेशनमा आफु गाँउ स्तरको राजनितिमा युवाहरुलाई मिलाएर लैजान सक्ने खुपी भएकोले वडा कार्य सभापतिमा सबैले सहयोग गर्न अपलि गरेका छन् ।
पार्टीले दिएको जिम्मेवारी र कर्तव्य पालना गर्ने अठोट राखेका कार्कीले वडा सभापतिमा सबैको सहमति भए आफु नगर कार्य समितिको सचिव पदमा दावी गर्ने पनि बताएका छन् ।