मिन बहादुर खड्का : जिल्लाको खप्तड छेडेदह गाँउपालिका स्तरिय बाल संजाल समिति गाँउपालिकामा बर्दै गएको बाल विवाह न्युनिकरण र्गन निरन्तर लागी परेको छ । जिल्लाका नौ वटै स्थानिय तहहरु मध्य खप्तड छेडेदह गाँपालिकामा बाल विवाहको दर उच्च छ भन्ने कुरा सुनिन थालेपिछ सोहि कुरालाई ध्यानमा राखि गाँउपालिका स्तरिय बाल संजाल समितिले समिति गठन भएको दिन देखि नै बाल विवाह न्यनिकरणको अभियान सुरु गरेको छ ।
बाल संजाल समितिले समिति गठन भए एता प्रत्यक बर्ष गाँउपालिका भित्र भएका बाल विवाहको तथ्याङ्क संकलन गर्दैै आइरहेका छ ।गाँउपालिका भित्रका सात वटै वडामा भएका बाल विवाहको तथयाङ्क संकलन गर्दा आर्थिक बर्ष २०७५ को असार देखि ०७६को असा्र सम्मको दर ११८ जना र आर्थिक बर्ष ०७७ को असार देखि ०७७ को असार सम्म ३१ जना र आर्थिक बर्ष ०७७ को असार देखि ०७८ को असार सम्म मात्र १३ जनाले बाल विवाह गरेको तथ्याङ्क बाहिरिएको हो । यो तथयाङ्क हेर्दा विवाह गर्ने काे र बर्षेनी घटदै गएको छ ।
यदि कसैले बाल विवाह गरेमा उक्त जोडीलाई बाल संजाल समितिले निगरानीमा राखी सम्बन्धित वडा कार्यालय अर्थात प्रहरी चौकी माफर्त अलग गराई निजका आमा बुवाको जिम्मा लगाउने गरेका छन । सोहि अभियानलाई निरन्तरता दिदै आइरहदा पछिल्लो समयमा गाँउपालिका बाल विवाहको दर पहिलाको तुलनामा केहि घटेको पाइन्छ । विवाह गर्नेहरुको दरमा कमि आएतापनी बाल विवाह गर्न भने छोडेका छैनन् । बाल संजाल समितिले निगरानिमा राखि सम्बन्धित वडा कर्यालय अर्थात प्रहरीको रयोबरमा आमाबुवाको जिम्मा लगाएकाहरुले पुन: विवाह गर्ने गरेको पाइन्छ ।
हाल सम्म बाल संजाल समितिले करिब बिस वटा बालविवाहका जोडिलाई अलग गरिएको छ जस मध्ये जम्मा तिन जनाले पदाइलाई निरन्तरता दिइरहेका छन भने सबैले पुन: विवाह गरीसकेको पाइएकाे हाे ।
गाँउपालिका बर्दै गएको बाल विवाह रोक्नका लागि महिला बिकास मंच बाजुराले पनी बिशेष भुमिका निर्बाह गर्दै आइरहेको छ । बिभिन्न समयमा बाल विवाह सम्बन्धि अभिमुखिकरण तालिम गोष्ठी गर्नुका साथै बालबालिकाहरुको क्षमता अभिबृर्दिका लागी बाल अधिकार प्रजनन् स्वास्थ्य घरेलु हिंसा इत्यादि बिषयमा प्रत्यक वडामा संचालन गर्दै आइरेको छ ।
पछिल्लो समयमा गाँउपालिका बाल विवाहको दर कम हुनुमा महिला बिकास मंच सात वटै वडाका बाल संजाल समिति प्रत्यक वडाका जनप्रतिनिधी लगायत बन्ने सरोकारवालाहरुको समेत सिङ्गाे प्रयास महत्वपुर्ण भुमिका रहेको छ । बाल संजाल सिमित गाँउपालिकालाई बालिववाह मुकत गाँउपालिका बनाउने लक्ष्यका साथ अगाडी बडिरहेकाे पाईएकाे छ ।