
सम्दाददाता काठमाण्डाै: कांग्रेस संसदीय दलका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा बहुमतका साथ विश्वासको मत पाएका छन् ।
आइतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कूल सांसदहरुको संख्या मध्येको १६५ मत पाएका हुन । त्यस्तै देउवालाई ८३ जना सांसदले विश्वासको मत दिएन् ।
देउवालाई नेपाली कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरुले मत दिएका थिए । त्यस्तै एमालेको ओली पक्षका केही सांसदले पनि विश्वासको मत दिएका छन् । प्रधानमन्त्री शेर बहादुर देउवा दुई तिहाईको ओली सरकार भन्दा बलियो प्रधानमन्त्रीको रुपमा स्थापित भएका छ् ।