बाजुरा: नेपाली काँग्रेसको १४ औं महाधिवेशन र ७ औं जिल्ला अधिवेशन ननिकिदै जाँदा बाजुरा जिल्लाको अधिवेशनको मावल पनि तात्दै गएको छ । यसै क्रममा जिल्लामा पनि कुन पक्षमा कति प्रतिशत भन्ने कुराको लेखा जोखा भैरहेको छ ।
गाँउ देखि जिल्ला अधिबेशनकाे लागी आफ्नो आफ्नो पक्षमा सभापतिको वाजी मार्ने दाउ चलि रहेको छ । बिशेषत: सिंगो नेपाली काँग्रेसले एक ढिक्का भएर मिलााएर सबैलाई लैजानु पर्ने देखिएता पनि जिल्लाको सभापति चयनका लागी भनने निकै सकस पर्ने देखिन्छ ।
बाजुरा जिल्लामा पनि तिन वटा प्यानेल बिच प्रतिस्पर्धा हुने देखिएको छ । जसमा गाँउ देखि जिल्ला स्तरको अधिवेशनमा देउवा पक्ष, पौडेल पक्ष र रामचन्द्र पक्ष बिचको कडा प्रतिस्पर्धा देखिने भएता पनि जिल्लामा देउवा पक्षको प्रतिशतले नै वाजी मार्ने सम्भावना देखिएको छ ।
रामचन्द्र पौडेल प्रक्ष (रामसिंह रावल) पक्षमा ३० प्रतिशत मत देखिन्छ । राम सिंह रावलको उम्मेद्वारी कडाइका साथ अगाडी बढ्ने नेताहरुले जनाएका छन् । त्यस्तै सिटौला पक्षमा १० प्रतिशत मत देखिन्छ भने नेता जनकराज गीरीको जिल्ला सभापतिका लागि उम्मेद्वारी रहने पनि पाईएको छ । जिल्लाको सभापति पदका लागि निर्णायकको भुमिका देउबा पक्षको नै रहेने नेपाली काँग्रेस जिल्ला कार्य समित सदस्य प्रकाश रावलले जानकारी दिए ।
देउवा पक्षमा ६० प्रतिशत मत देखिन्छ भने सबै भन्दा बाजुरामा मतको हिसावमा शक्तीसाली देउवा पक्षबाट सभापतिका लागी हालका जिल्ला सभापति कविराज पण्डित, नेता देवराज जोशी, नेता महा नेपाली र धनराज पण्डितकाे उम्मेद्वाारीमा दावी रहने भएको छ ।
बाजुरा नेपाली काग्रेसको पक्ष अन्तर्गत नेतृत्व चयन प्रकृयामा चुनावी मावलमा जाने हाे भन्ने देउवा पक्षले नै वाजी मार्ने सम्भावना पाईएको छ । देउवा प्यानेलमा अरु दुई पक्षको हिसाव गर्दा २० प्रतिशतले जित्न सक्ने सम्भावना देखिएको छ । जिल्लाको नेतृत्वका लागि जुन प्याँनेलबाट जो जतिको उम्मेद्वारी रहेता पनि देउवा र पाैडेल पक्ष बिच नै कडा प्रतिश्पर्धा हुने देखिएको छ ।
राजनितिक जिवनमा ठुलो त्याग र तपस्या जेल नेल खेपि सकेका जनआन्दोलोनका घाईते सम्म भएका नेता रामसिंह रावलले पनि सभापतिको पद आफ्नो पोल्ठामा पार्नका लागि जिल्लाका सबै स्थानिय तह र गाँउ सम्म कार्यकर्ता भेटघाटको अभियान थालेका छन । छैठौँ जिल्ला अधिवेशनबाट सभापति पदमा नेता कविराज पण्डितसंग पराजित भएका बरिष्ठ नेता रावलले पनि सातौं जिल्ला अधिवेशनमा आफुले नै वाजी मार्ने दावी गरेका छन ।
सातौँ जिल्ला अधिवेशनको समय नजिकिदै जाँदा आ–आफ्नो पक्षमा सभापति र अन्य नेतृत्वको वाजी मार्ने होडबाजीमा यति खेर नेताहरु लभिङमा लागि रहेका छन । आखिरी जस्ले सभापतिमा वाजी मारेता पनि कार्यकर्ताहरुको चाँसो भने नेपाली कााग्रेसलाई सुदृढ र युवाहरुलाई साथ दिने नेतृत्वको आवश्यकता परेको युवा संघहरुको चासो रहेको छ ।
कस्को पक्षमा कति प्रतिशत मत छ त ?