मिन बहादुर खड्का/बाजुरा– जिल्लाको दक्षिणी भेगमाा पर्ने बेतालमाण्डौ–डोगडी सडक खण्ड ठाउँठाउँमा पहिरो जाँदा अबरुद्ध हुदै गएको छ । वर्षेनी बर्षद यामको समय सुरु भए लगत्तै सो सडक खण्ड अबरुद्ध हुदै आइ रहेको छ । यो बर्ष पनि बर्षाद सुरु भए संगै उक्त सडक अबरुद्ध बन्दै आएको हो । नियमित गत दुई साता देखि आएको अविरल बर्षका कारण सो सडक–खण्ड पुर्ण रुपमा अबरुद्ध बनेको छ ।
सडक अबरुद्ध बने एता आवत जावतमा समस्या हुनुका साथै ब्यापारीहरुलाई सामान ढुवानीमा समेत समस्या भएको छ । लामो समय सम्मको पैदल यात्रा गर्न ुपर्ने भएको हुँदा पैसा दिएर सामान ढुवानी गर्नुपर्ने हुदा स्थानियहरुले ठूलो सास्ती खेप्नु परेको छ ।
सडक अबरुद्ध भएकै कारण गाउँमा पनि दैनिक उपभोग्य बस्तुको मुल्य बृदि भएको छ । दैनिक उपभोग्य बस्तु नुन, तेल, चिनी, दाल, चामल लगायतका उपभोग्य सामानहरुको मुल्य आकासिदै गएको छ । सोठाँउमा २,२००।– रुपैयामा पाउने एक कट्टा चामलको मुल्य बढेर २५००।– रुपैयापुगेको स्थानियहरुको भनई रहेको छ । त्यस्तै अन्य सामान हरुको मुल्य पनि बदेकाले उपभोक्त हरु मारमा परेको एक युवा विद्यार्थी राजेश सुनारले लोकतन्त्र बिहानी न्यूजलाई बताए ।
यता स्थानियहरु र ब्यापारी बिच मनमोटाव बड्न थालेको थाले पछि ब्यापारीहरुले मनोजानी बस्तुको मुल्य बदाएको भन्दै स्थानियहरुले आरोप लगाएका छन । सडक अबरुद्ध भएपछि यात्रुहरुलाइ आवत र दैनिक उपभोग्य सामानको ढुवानी गर्दा थप खर्च लाग्दा थप आर्थिक माारमा स्थानियहरुको भनाई रहेको छ । प्राय दैखिक उपभोग्य सामानको मुल्य ह्वात्तै बढ्दै आएपछि महँगोमा बेच्नु परेको ब्यापारी सुर्य खड्काले बताए ।
उक्त सडकमा बर्षद ऋतु शुरु भए लगतै सडक संचालन बन्द हुदै आएको छ । लामो समय बिति सक्दा पनि सरोकारवाला निकायको ध्यान नगएकोले सो सडक अवरुद्व हुदै आएको स्थानियहरुको गुनासो रहेको छ ।