मिन बहादुर खड्का/बाजुरा – जिल्लाकाे खप्तड छेडेदह गाँउपालिका मा एक जना बैंकका कर्मचारीलाइ कोरोना संक्रमण पुष्टि भएको छ ।बैंकमा सामाजिक सुरक्षा भत्ता लिन आउनेको घुइचो बडन थालेपछि संक्रमण बडन सक्ने सम्भावना उच्च रहेको थियो ।
सोमबार डोगडी स्वास्थ चौकिमा एन्टिजेन्ट बिधिबाट परिक्षण गर्दा गाउँपालीकामा रहेको हिमालयन बैंकका साखा प्रबन्धक किरण रिजाललाइ संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि रिजाल होम आइसोलेसनमा बस्दै आइरहेका थिए ।
आज रिजाल बिहाना थप उपचारका लागि अछाम स्थित बयालपाता अस्पतालमा गएका छन । त्यहा गएर परिक्षण गर्दा पुन: पोजेटिभ देखिएको र उनको स्वास्थ अवस्था सामान्य रहेको गाँउपालिका अध्यक्ष नर बहादूर रावतले लोकतन्त्र बिहानि न्यूजलाइ नानकारी दिएका छन ।
अध्यक्ष रावतले भिडभाड भएकै कारणा संक्मण बढेकाे भन्दै तिन दिन सम्मका लागि गाउँपालिकामा रहेकाे बैंक सम्बन्धिका सबै काम बन्द हुने बताएका छन ।