बाजुरा– नेपाली काँग्रेसको ७ औँ जिल्ला अधिवेशन नजिकिदै गर्दा बाजुरामा भने संस्थापक र देउवा बिच गुट उपगुटको अंक गणितिय खेल चलीरहेको छ । बाजुरामा देउवा पक्ष काँग्रेसका नेता तथा कार्यक्रता ४० प्रतिशत रहेको देखिछन् ।
अधिवेशनको समय नजिकिदै जादा देउवा पक्षले आफ्नो व्रजश्व भएको भनिएता पनि यता दुई दिन अगाडी प्रकाशन भए पछि उक्त समाचारको खण्डन गर्दै आफ्नो पक्षबाट गरिएको अँकगणितिय हिसाबमा ६० प्रतिशत आफ्नो पक्षमाा रहेको र्पाडेल–सिटौला पक्षले जनाएको छ ।
उसरी जिल्लाको सभापति नेतृत्व चयनमा सभापति पदका लागि सिटौला र पाौडेल पक्ष बिचको तालमेल हुने पनि नेपाली काँग्रेसका युवा नेता भरत बुढाले लोकततन्त्र बिहानी नयुजलाई जानकारी दिएका छन ।
भने रामचन्द्र सिटौला पक्षधर ६० प्रतिशत रहेको अंक गणितिय हिसाबले देखाउँछ । रामचन्द्र सिटौला पक्षधर काँग्रेस बाट ७ औँ जिल्ला अधिवेशनको उम्मेद्वारी नेपाली काँग्रेसका बरीस्ठ नेता रामसिंह रावलले घोषणा गरी सकेका छन् ।
यता देउवा पक्षधर बाट पार्टी सभापति कबिराज पण्डित, महा नेपाली, धनराज पण्डित, पदम शाही, लगायतले आ–आफ्नो उम्मेद्वारी रहेको घोषणा गर्दै आएका छन् ।
बाजुरा जिल्लामा रामचन्द्र सिटौला पक्ष बाट ब्रदिप्रशाद पाण्डे, जनकराज गीरी, मान बहादुर रावल पार्टी उपसभापति गोविन्द्र मल्ल महिला नेत्री जुना दानी लगायतका केही नेताले सहयोग गरे भने नेपाली काँग्रेसका बरीस्ठ नेता रामसिंह रावललाइ ७ औँ जिल्ला अधिवेशनको सभापति हात पार्न सहज रहेको नेपाली काँग्रेसका संस्थापक कार्यकर्ताहरुको भनाइ रहेको छ ।
नेपाली काँग्रेस पौडेल–सिटौला पक्षधर कार्यकर्ताले भने देउवा पक्षधर नेतृत्व गर्दै आएको देवराज जोशी प्यानल निकै कम्जोर रहेकाले कबिराज पण्डित लगायतका जो कोहि नेता सभापतिको उम्मेद्रारी भए पनि प्राजय हुने पौडेल–सिटौला पक्षको भनाई रहेको छ ।
देउवा पक्षधर नेता कार्यकर्ताहरुले भने रामचन्द्र सिटौला एक भएर महाधिवेशन तथा जिल्ला अधिवेशनमा चुनाव लडे पनि देउवा पक्ष नै बलियो भएर चुनाव जित्ने भएको बताएका छन् ।
यता संस्थापक पक्षका पुर्व भुमिसुधार सहायक मन्त्री तथा काँग्रेसका नेता जनकराज गिरी निकट एक कार्यबर्ताले भने नेपाली काँग्रेसको १४ औं महाधिवेशन तथा ७ औं जिल्ला अधिवेशन गुट उपगुटको नभएर एकताको जिल्ला अधिवेशन गर्ने भुमिकामा रहेको बताए ।
यता देउवा पक्षधर तथा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य युवा चर्चित नेता प्रकाश रावलले भने बाजुरामा छैटौँ जिल्ला अधिवेशनको विजयी उम्मेद्वारका गणितिय हिसावले हेर्दा आउँदो अधिवेशनमा समेत देउवाकै पक्षमा वर्चश्व कायम रहेको बताएका छन् । उनले बाजुरामा देउवा पक्षकै बहुमत भएकोले आफ्नो सहसचिवमा उम्मेद्वारी समेत रहेको बताएका छन् ।