युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
255 पटक पढिएको

काठमाडौं : नेपाली कांग्रेसले कोरोना महामारी रहिरहेको अवस्थामा ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधिको विकास र सुनिश्चितता गरेको छ ।

कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीले आवश्यक ठहर गरेर निर्णय गरेको अवस्थामा हालै उक्त प्रविधिको विकास गरेको हो ।

यस प्रविधिमार्फत सबै जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको विभागका सचिव दिनेश थापा मगरले जानकारी दिए ।

प्रविधिमार्फत पार्टीको आगामी १४औँ महाधिवेशनमै केन्द्र र सबै प्रदेशको निर्वाचनसम्बन्धी सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमताको विकास गरिएको छ। महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

विभागको हालै सम्पन्न बैठकले ‘डिजिटल भोटिङ’ को नमूना प्रदर्शनीको आन्तरिक कार्ययोजनासमेत तय गर्नाका साथै जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनीयरहरूको नेटवर्क तयार गरिएको छ। महाधिवेशनको वैचारिक प्रचार प्रारम्भ गर्नेलगायत अन्य निर्णय पनि गरिएको बताए ।

विभागले यसअघि नै ‘प्रविधि मैत्री अभियान’का क्रममा पार्टीको वेबसाइटलाई आधुनिकीकरण र क्रियाशील सदस्यताको अभिलेखीकरण (डाटा इन्ट्री) को काम सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

विभागले महाधिवेशनको प्रचारलाई विगतभन्दा भिन्न र जीवन्त शैलीमा अघि बढाउने र त्यसका लागि पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग आवश्यक समन्वय गर्ने निर्णयसमेत गरेको छ ।

महाधिवेशनसँग सम्बन्धित प्रतिनिधि चयन प्रक्रिया, उम्मेदवारीका आधारलगायत विधानको व्यवस्थालाई सरलीकरण गर्दै सबै क्रियाशील सदस्यबीच पुर्‍याउन आवश्यक दृष्टिगत गरी केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरेर सामग्री तयार गर्न संयोजनको जिम्मेवारी विभागका सचिव मगरलाई दिइएको छ । कान्तिपुर दैनिक

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!