चिरञ्जिीवी खड्का/बाजुरा– जन नायक विश्वसेर प्रसाद कोइरालाको ३९ औं स्मृतिको अवसरमा बुधबार ने.ज.स उत्तर भारत क्षेत्रका महा–सचिव तथा नेपाली काँग्रेस बाजुरा–दील्ली सम्पर्क समितका संस्थापक महासचिव खगेन्द्र सिंहलाई मार्तडीमा स्वाागत गरेको छ । वि.पी. स्मृतिको अवसरमा बुधबार बिहानै बृक्षा रोपण कार्यक्रम पश्चात सिंहलाई नेपाली काँग्रेस पार्टी कार्यालय (बि.वी. स्मृति) भबनमा स्वागत गरेको हो ।
प्रवासमा रहेर पनि नेपाली काँग्रेसको हितका लागि गरेको अपुरणिय योगदानको उच्च कदर गर्दै नेपाली काँग्रेस बाजुराका नेता तथा कार्यकर्ताहरुले अविर र दोसल्ला ओडाएर पार्टी कार्यालयमा नै स्वागत गरेका हुन । विगत लामो समय देखि नै नेपाली काँग्रेसको संगठनमा रहेर पनि प्रवासमा रहेका नेपालीहरुलाई असहज वातावरणमा सहयोग गर्दै आएको बाजुरा दिल्ली सम्पर्क समितिको कामका लागी धन्यबाद समेत पाटी पंत्तिका नेताहरुले दिएका छन ।
नेपाली काँग्रेसका बरिष्ठ नेता रामसिंह रावलबाट दोसल्ला तथा अविर लगााएर स्वागत कार्यक्रम भएको हो । नेपाली काँग्रेसका जिल्ला स्तरका नेता तथा कार्यकर्ता हरुले सिंहलाई अविर तथा दोसल्ला ओडाएर स्ूवागत गरेका हुन । स्वागत कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बाजुराका बरिष्ठ नेता रामसिंह रावलले प्रवासमा रहेर पनि नेपाली काँग्रेसको संगठन बिस्तार गरेर हाम्रो काँग्रेस राम्रो काँग्रेस बनाउनमा एकवद्वता जनाएकोमा सिंहलाई धन्यबाद प्रकट गरेका छन ।
स्वागत कार्यक्रममा आफ्ना कुराहरु राख्दै नेता सिंहले नेपाली काँग्रेसको हक हितका लागी प्रवासमा संगठन बिस्तार गरी पाटीलाई थप हौसला दिदै आएको बताए । कार्यक्रममा सिंहले प्रवासमा वसेर संगठन बलियो बनाउदै अफ्ट्यारोमा परेका प्रवासी नेपालीहरुको घाउमाा मलम लगाउने काम गरेकोले पनि पार्टीमा थप टेवा पुगेको वताउछन । उनले आशन्न नेपाली काँग्रेसको ७ औं जिल्ला अधिबेशनमा गुट उपगुट नभए राम्रो काँग्रेस बनाउन सबैले एक भएर लाग्नु पर्ने कुरामा जोड दिए । बिगतकका दिनहरुमा जस्तै मनमटाव, गुट उपगुट, यो पक्ष उपक्ष भननेर अगाडी जाने हाो भने बिगतको निर्माचन जस्तै पाटीले ठुलो हाारको क्षति बेहोर्नु पर्ने सम्भावना हेने बताए । यो हधिवेशनबाट एकताको अधिबेशनका रुपमा सांकेतिक परिभाष दिदै अधिबेशनबाट मिलेर सफल जुझारु र जन प्रेमी नेतृत्व चयन गर्नमा सबै नेता तथाा कार्यकर्तालाई लाग्नु पर्ने कुराम जोड दिन आग्रह गरेकाे जानकारी नेपाली काँग्रेस पार्टी कार्यालय सचिव टेक बहादुर रोकायाले लोकतन्त्र बिहानी न्युजलाई जानकरी दिए । ।