भालुवाङ ६ साउन- सञ्चारकर्मी विरेन्द्र गिरीले आफ्नी बिरामी आमाको जिवन रक्षाका लागि सवै सँग अपिल गरेका छन् । दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा अवस्थित रेडियो राप्ती तथा राप्ती टेलिभिजनमा कार्यरत सञ्चारकर्मी गिरीकी आमा बिरामी भएर अस्पतालको शैयामा छटपटाइ रहेकीले आमाको ज्यान बचाउन सवै सँग आग्रह गरेका छन् ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ५ दलदलहा निवासी सञ्चारकर्मी गिरीकी आमा बिमला गिरीको पाठेघर सम्बन्धी समस्या रहेको छ । लामो समय देखि पाठेघरबाट रगत बगिरहेको छ । गिरीको अहिले जिल्ला अस्पताल तौलहवामा उपचार भइरहेको छ ।
डाक्टरका अनुसार पाठेघरको अप्रेसन गर्नुपर्ने र तत्काल अप्रेसन नगरे क्यान्सर भई ज्यान जोखिममा पर्न सक्ने भएकाले समयमै अप्रेसन गर्नका लागि आफु सँग धनसम्पती नभएकाले अप्रेसनका लागि चाहिने रकम सहयोग गरिदिन हुन सञ्चार माध्यम, पत्रकार महासंघ, संघ संस्था, उद्योगी व्यापारी, राष्ट्रसेवक कर्मचारी तथा सहयोगी मनकारी व्यक्तिहरुमा सञ्चारकर्मी गिरीले आग्रह गरेका छन् ।
सञ्चारकर्मी गिरीको आमालाई सहयोग गर्न चाहनेले विरेन्द्र गिरीको नाममा रहेको कामना सेवा विकाश बैंङ लि।को खाता नम्बर ०३३१३५००२४६४०३०००००१मा सहयोग रकम जम्मा गर्न वा मोबाइल नम्बर ९८११९७६४३३, ९८६४४१७२९८ वा रेडियो राप्ती तथा राप्ती टेलिभिजनको फोन नम्बर ०८२–५८०२९३ मा फोन गरी सहयोग रकम पठाउन सक्नु हुने छ ।
सञ्चारकर्मी गिरी घरको जेठो छोरा हुन् । उनको घरको आर्थिक अवस्था एकदमै नाजुक छ । उनी दृष्टिविहिन व्यक्ति हुन् । भाई पनी सानै रहेको र बुबाले केही गर्न नसक्ने अवस्था रहेको छ । यस्तो बेला सञ्चारकर्मी गिरीको काधमा धेरै जिम्मेवारी थपिएको छ । उनी दृष्टिविहिन भएकाले केहि गर्न सकिरहेका छैन् । आफ्नो पढाई खर्च जुटाउन उनी विभिन्न सन्चार माध्यममा काम गरिरहेका छन् । तर सञ्चार माध्यमहरुबाट आउने तलवले जसोतसो आफ्नो पेट पाल्ने काम भन्दा अरु केहि भएको छैन । जति सुकै योग्यता भएपनी योग्यता न हेरी शारिरीक विशेषताकै आधारमा विभेद गरिएको हुन्छ । काम जति सुकै राम्रो भएपनि त्यो काम भन्दा पनि शारिरिक विशेषता हेरी आफुहरुलाई कमजोर बनाइने गरेको उनको भनाई छ ।
125 पटक पढिएको
अनलाइनमा सरकार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय
© 2024, सर्वाधिकार सुरक्षित लाेकतन्त्र विहानी न्यूज
Made with ❤️ By Gorkhaly Labs