
बाजुराः बडिमालिका नगरपालिकाको वडा नं.८ को थापाबाडा हुदै खुला मञ्च सम्मको सडक लामो समय देखि निमार्ण कार्यलाई निमार्ण कम्पनीले व्यवास्ता गरेको भन्दै थापावाडाका स्थानीयहरुले बडिमालिका नगरपालिकालाइ ध्यानाकर्षण गरेका छन् ।
बिहीबार थापाबाडाका स्थानीयहरुले नगरपालिकामै आएर व्यक्तिगत रुपमा १० लाखका योजना दिएको तर सामुहिक रुपमा थापाबाडा स्थानीयहरूलाई कुनै योजना नदिएको भन्दै नगरपलिकामा ध्यानाकर्षण गराएका हुन् ।
बडिमालिका नगरपालिकाकी नगर उप–प्रमुख कविता विष्टको घर माथिबाट पहिरो जादाँ बडिमालिका नगरापलिकाबाट ९ लाख ५० हजार रकम माटो फाल्न र वाल हाल्न दिएको तर थापाबाडाको वस्तीको लागी भने नगरपालिकाले व्यवास्ता गरेकोले आफुहरु नगरपालिकालाई ध्यानाकषर्ण गराएको स्थानीय मन बहादुर थापाले बताएका छन् ।