धनगढी: नेकपा एमालेका उपाध्याक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता गराउन काठमाडौँ पुगेका सुदूरपश्चिम प्रदेशसभाका सांसदले रावलको राजीनामा फिर्ता हुने बताएका छन् ।
काठमाडौं पुगेर रावललाई भेटेका सुदूरपश्चिम प्रदेश सभा सदस्य हर्कबहादुर कुँवरले आफुले रावललाई राजीनामा फिर्ता लिन अनुरोध गरेको लोकतन्त्र बिहानी न्यूजलाई जानकारी दिए । ‘नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई सँगै राखेर हामीले कुराकानी गर्यौं। पार्टी एकता गर्नको लागि आफूले प्रतिनिधिसभा सदस्य पदबाट राजिनामा दिएको उहाँको भनाई थियो। हामीले राजीनामा फिर्ता लिनुपर्छ भनेपछि रावल सकारात्मक देखिनु भएको उनले बताए ।
रावलले राजीनामा फिर्ता लिन्छन भन्ने प्रश्नमा कुँवरले भने, ‘फिर्ता लिनुहुन्छ। हामीलाई पूर्ण विश्वास छ। प्रक्रिया पूरा गरेर फिर्ता लिनु हुन्छ।’
पार्टी एकताका लागि राजीनामा दिएको हुँदा आफू फिर्ता लिन तयार रहेको धारणा सुदूरपश्चिमका सांसद समक्ष रावलले गरेको कुँवरले बताएका छन ।
राजीनामा दिएका रावालको ले प्रतिनिधि सभा सदस्य पदबाट राजिनामा दिएको घोषणा गरेका थिए। सुदूरपश्चिम सरकार फेरबदको सवालमा भने अहिले कुनै छलफल नभएको प्रदेशसभा सदस्य कुँवरले बताए ।
केही मन्त्रीहरु परिवर्तन हुन सक्ने सम्भावन भने रहेको उनको भनाई थियो। अनैतिक राजनीतिक खेलबाट आफू अलग भएको भन्दै रावलले सांसद पदबाट राजीनामा दिएका थिए।