युनिकोड    राशिफल    एफएम रेडियाे                        
150 पटक पढिएको

बाजुरा— जिल्लाको पुर्वी उत्तरी क्षेत्रमा पर्ने हिमाली गाउपालिका ४ र ५ फैतिका बाढी पहिरो पीडितलाई नेपाल रेडक्रस सोसाईटीद्धारा राहात बितरण गरिएको छ । गएको असार ७ गते आएको अविरल वर्षाका कारण हिमाली वडा नं ५ क्युडीका ९९ जन घर परिवार पहिरोबाट घर बगाउदा विस्थापित भएका थिए ।

त्यस्तै वडा नं ४ फैतिका २७ परिवारहरु पनि पहिरोबाट घर वगाउदा पुर्ण रुपमा विस्थापित भएका थिए । फैति र किउडीका जम्मा १ सय २६ परिवारलाई युनिसेफ नेपाल र नेपाल रेडक्रस सोसाइटी बाजुराको सहयोगमा राहात वितरण गरिएको हिमाली गाउँपालिकाकोले बताएको छ ।

पहिराबाट पीडित घर परिवारलाई १ पाल, १ कम्मल, १ बाल्टिन, १ जग लगायत अन्य सरसफाईका सामाग्रीहरु वितरण गरेको रेडक्रस सोसाइटी बाजुराका सदस्य विर्खराज पाण्डेले जनाए ।
बाढी पहिरो पीडितबाट बिस्तापत भएको १ महिना पछि सामान्य भएप पछि पीडितले राहात पाएका छन् । ७ गते असार देखी बाढीबाट विस्थापित परिवारहरु जंगलमा पालको हालेर बसेका छन्  भने कोही भैंसीको खर्कमा बास बस्दै आएका थिए । पाल हुनेहरू पाल हालेर बसेका थिए भने पाल नहुनेहरू कोही ओडारमा, कोही स्याउलाको ओत बनाएर बसेका छन् ।

राहात बितरण हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल, उपाध्यक्ष चन्द्रादेवि बुढा, रेडक्रस सोसाइटी बाजुराका सदस्य लोकराज जोशी र बिर्खराज पाण्डेले पिडितलाई हस्तान्तरण गरेका हुन ।

पहिराेबाट लामो समय सम्म भुइँमा चिसो खाएर सुत्नु परेकाले धेरै जनालाइ निमोनिनया भएको छ । बिस्तापित भएर जंगलमा बसेको एक महिना हुन थाल्यो कसैले पाल सम्म पनि दिएको थिएन बाढी पीडित वडा सदस्य बीरबहादुर बुढाले बताए । हुनेहरुले पुराना पाल हालेका छौ कोही ओराडमा बसेका छन् । कोही पाल भएकाहरुसंग आश्रय लिएर बसेका उनले बताए ।

गाउँपालिकालाई अनुरोध गरेको महिनौ पछि मात्र राहत पाएको भएता पनि आफुहरलाई कहि टेवा पुगेको भन्दै पीडितहरुले खुशी ब्यक्त गर्दै भनेका छन् । चिसो पाल मूनी बस्दा गर्भवती महिला, सुत्केरी महिला बालबालिका तथा बृद्धबृद्धा बिरामी हुन थालेका छन ।

दुबै गाँउका कुल ३ सय ५० महिला र बालबालिका सहित ६ सय जना विस्थापित भएका हिमाली गाँउपालिकाका अध्यक्ष गोबिन्द मल्लले बताए । सडक बनाउँदा प्राविधिक रूपमा ध्यान नपुगेकै कारण गाउँलेको बिचल्ली भएकाल गाउँपालिका अध्यक्ष मल्लको भनाइ छ ।

 

गत वर्ष पनि यो गाउँमा बाढीले गाँउपालिकामा ठुलो क्षति भएको थियो । प्रदेश सरकारले गाउँपालिकासँग समन्वय नै नगरी सडक निर्माण गरेका कारण विपत् आइलागेको स्थानियहरुको आरोप रहेको छ ।

सो ठाँउका बाढी पहिरो पीडितलाई स्थायी बसोबासको लागी गाँउपालिकाले व्यवस्थापनकाे लागि छलफलमा लागी व्यवस्थापनमा गम्भिररुपमा लागेको गाँउपालिकाका अध्यक्ष मल्लले लोकतन्त्र बिहानी न्युजलाई जानकारी दिए । सो ठाँउमा सबै बर्ष यसरी बाढी पहिरोले ठुलो क्षेति गर्नुको कारण मम्जोर भूूभाग भएकोले गाउँको तल्लो पट्टी स्टाईभेरट प्रयोग गरेर जमिन पूरै हल्लेर छिया छिया भएको पाइएको हो । बर्षाले कम्जोर बनाएको भू–भाग बग्न थाले पछि सडक क्षेउछाउका गाँउ बस्तिहरु बढी वाडी पहिरोको जोखिममा पर्दै आएकाे प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जनाए ।

सडक निर्माणको लागि गाउँको तल्लो पट्टी खन्नु पर्ने भएकोले गाउँ नै भासिएको रहेछ,’ पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण पछि फर्केका इलाका प्रहरी कार्यलय कोल्टीका इन्चार्ज प्रहरी निरिक्षक देबेन्द्र जोशीले वताए ।

 

पहिरोले बिस्थापित भएको सो ठाँउ विकट भएकाले राहतको व्यवस्थापन गर्न पनि कठिनायी भएकोले राहत वितरणमा ढिलाई भएको गाउँपालिकाले जनाएको छ । भोकमरी, वाडी पहिरोको पीडा खेप्दै आएको सो बस्तीलाई यस बर्ष पनि पहिरोले गाँउ नै घेरेपछि दीर्घकालिनरुपमा वस्ती व्यवस्थापन गरिदिनका लागि जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयलाई आग्रह गरिदिन अनुरोध गरेको हिमाली गाँउपालिकाले लोकतन्त्र बिहानी न्युजलाई जनकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!