
धनगढी– सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्नेहरुको संख्या बढर्दैै गएका गएक छन् । सुदुरपश्चिममा बालबालिका देखि बृद्वहरुले बढी आत्महत्या गरेको डरलाग्दो तथ्याङक रहेको पाइएको छ । पछिल्लो ५ वर्षमा शुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लामा २ हजार ६४५ जनाले आत्म हत्या गरेका छन् । गत आर्थिक वर्ष २०७७/०७८ मा मात्रै सुदूरपश्चिम प्रदेशमा ६८० जनाले आत्महत्या गरेका छन् ।
शुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार ४९६ जनाले झुण्डिएर, १७१ जनाले विष सेवन गरेर, ६ जनाले पानीमा हामफालेर, तीन जनाले आगो लगाएर, दुई जनाले हामफालेर, करेन्ट लगाएर तथा हातहतियारबाट र एक/एक जनाले आत्महत्या गरेका छन । कैलालीमा मात्रै सबै भन्दा बढी २ सय ६१ जनाले एक वर्षमै आत्म हत्या गरेका छन् । यस्तै कञ्चनपुरमा १९५, अछाममा ४४, बैतडीमा र डडेल्धुराामा ४३/४३ जनाले आत्महत्या गरेकोप्रहरी तथ्याङ्कले जनाएको छ । बझाङमा ३६, डोटीमा २३, दार्चुलामा २० र बाजुरामा १५ जनाले गत वर्ष आत्महत्या गरेका छन् ।