राम बहादुर दानी/बाजुरा– जिल्लाको दक्षिणी क्षेत्रमा रहेको त्रिवेणी नगरपालिका वडा नंं २ सिम्लाकी एक बालिका रुखबाट लडेर शारीरिक सन्तुलन गुमाएकी छन् । गत असाढ १९ गते घर नजिकैको रुखबाट लडेर सरिरका बिभित्र ठाँउमा चोट लगाएकी बालिकाको सोही दिन बयालपाटा अस्पतालमा उपचारका लागी लगिएको थियो ।
निज बालिकाको बयालपाटा अस्पतालमा २४ घण्टा पछि मात्र होस आएको उनका वुवा गंगराम न्यौपानेले बताए । बयालपाटा अस्पतालमा सम्भव नभए पछि असाढ २० गते घाइते वालिकालाई धनगढी रिफर गरिएको थियो ।
गम्भिर रुपमा आँखा, टाउको, नाक लगायतका अंगहरुमा चोट लागेकोले धनगढी स्थित सेती प्रादेशिक अस्पताल र माया मेट्रो अस्पतालमा निज बालिकाको उपचार भैरहेको छ । बालिकाको स्वास्थ्य अवस्था सुधार हुँदै गएको भएता पनि आँखाको नजर गुमाएकोले भविश्यमा केह ीगर्न नसक्ने भएको निजका बुवा न्यौपानेले जनाएका छन ।
बालिकाको उपचारका क्रममा ३ लाख भन्दा बढी खर्च भैसकेकोे उनले बताए । जसमा निज बालिकाको उपचारका लागी त्रिवेणी नगरपालिकाले १ लाख आर्थिक सहयोग गरेको भएता पनि २ लाख रुपैया ऋण सापटी गरेर उपचार गरेको निजका बुवाले बताउका छन । पुर्ण रुपमा उपचार गर्न थप खर्चले निकै नै भार पार्ने भएकोले आफुलाई खर्ज जोहो गर्न सकस परेको बालिकाका बुवाले बताए ।
पुर्ण रुपमा स्वास्थ्य अवस्था सुधार हुन अँझै खर्च लाग्न सक्ने भएकोले आफु आर्थिक जुटाउनमा निकै समस्यामा परेको न्यौपाने बताउछन । बालिकाको उपचारका लागि आफन्तबाट केही सहयोग भएको पनि उनी बताउछन ।
भविश्यमा बालिककाको मानसिक सन्तुलन पनि कम्जोर हुन सक्ने सम्भावना देखिएकोले उनको आँखाको नजर पनि कम्जोर हुने भएकोले बालिकाको थप भविष्यको सहयोगका लागी सरोकारवाला नियकार र नेपाल सरकारलाई बालिकाको भविष्यमा सहयोगका लागी अपिल समेत घाइते बालिकाक बुवा गंगाराम न्यौपानेले लोकतन्त्र बिहानी न्युजलाई जनकारी दिए ।
बालिकाले रुखबाटै लडेका कारण एउटा आँखा पुर्णरुपमा गुमाई सकेको र अर्को आँखाको नजर पनि कम्जोर हुने सम्भावना भएको उपचारमा संलग्न डक्टरहरुले जानकारी दिए ।
यसरी छोरीको एउटा आाखा त गुम्यो गुम्यो अर्को आँखा समेत नजरमा कम्जो हुने सम्भावना देखिए पछि छोरीको भविष्य निकै नै धरापमा पर्ने चिन्ता रहेको उनका बुवा दुखेसो पोख्छन । बालिकाको उपचारका लागि लाग्ने खर्च जनेतेन आफुले जोहो गर्न सक्ने क्षमता भएता पनि भविश्यमा छोरीको अवस्थाका बारेमा कसरी अगाडी जाने भनने बिषयमा ठुलो चिन्ता रहेको उनको दुखेसो रहेको छ ।