मिन बहादुर खड्का/बाजुरा– जिल्लाको पश्चिमी भेगमा रहेको खप्तड छेडेदह गाउँपालिका ३ र ४ मा रहेको बार्जुगाड जलबिद्युत सेवा महिनौं देखि लोडसेडिङ भैरहदा स्थानिय हरुले सास्ती खेप्नु परेको छ ।
उक्त जलविद्युत सेवा संचालनमा आएको ७ बर्ष पुगिसकेको स्थानीयले जनाएका छन । िवद्युत सेवा संचालनमा आएको लामो समय बितिसक्दा पनि अहिलेसम्म राम्रोसंग विद्युत उपभोग गर्न नापाएको स्थानीयहरु बताउन्छन । घरमा बत्ती जडान भएको भएता पनि अध्यारो मै बस्नु पर्ने बाध्यता झेल्दै आएका छौं स्थानियहरुको गुनासो रहेको छ ।
जलविद्युत आयोजनाको अहिले सम्म पनि साधारण सभा समेत बस्न नसकेको स्थानियहरुको भनाई रहेका छ । बर्षाद सुरु भएपछि बर्सेनी अध्यारोमा बस्न बाध्य हुने गरेका उपभोक्ताको गुनासो रहेको छ । यो बर्ष पनि महिनौ देखि अध्यारोमा हुँदा पनि स्थानिय सरकार जलविद्युत व्यवस्थापन समिति तथा अन्य सरोकारवालाको ध्यान नगएको भन्दै स्थानिय युवा विद्यार्थी सन्दिप सुनारले लोकतन्त्र बिहानी न्युजलाई जानकारी दिए ।
प्रत्येक बर्ष बर्षादको समय सुरु भए लगत्तै उक्त जलविद्युत आयोजनाको नहर भत्किने गरेको छ । नहर भत्कदा स्थानियहरु आफै गएर अस्थायीहरुले कुलो निर्माण गरि विद्युत संचालनमा ल्याउने गरेको पाइएको छ । धेरै ठाउँमा पाइप जडान गरिएको छ । दुई बर्ष अगाडी देखि नै अबरुद्ध बनेको ठाउँमा पनि नहर पुन: निर्माण गर्न सकेको छैन । यस्तो अवस्था देख्दा देख्दै पनि व्यवस्थापन , समिति स्थानिय सरकार, मौन भएर बसेको सो ठाँउका स्थानियहरको आरोप रहेको छ । स्थानिय सरकार र सम्बन्धीत नियकायले विद्युत प्रति कुनै चासो देखाएको छैन । वडा नम्बर ४ मा बस्ने युवा विद्यार्थी राजेश सुनारले भने ।
नहरमा पानी भए पनि एक दिन बत्ती आउन्छ अर्को दिन आउदैन । पटक–पटक मेसिन बिग्रीने गरेको छ । मेसिन बिग्रीए पछी पुन सपार्न महिनौ लाग्ने गर्छ । अपरेटरले पनि आफुले मनोमानी तरिकाले बत्ती जलाउने गर्छन् । कुनै समय तालिका छैन । राजेशको भनाइ रहेको छ ।
नियमित बिद्युत उपभोग गर्न नपाएको भन्दै स्थानीय बासीहरु बिद्युतको महसुल समेत तिरेका छैनन् ।शुल्क नतिर्नेहरुका लागि विद्युतको लाईन कात्ने, शुल्कको हर्जना लगाउने, जस्ता कडाइका नियमहरु व्यवस्थापन समितिले कार्यान्वयन गर्न सकेको छैन । स्थानीयले एक पटक दिदैनौ भनेपछि विद्युत महसुस उठाउन समेत आएका छैनन् । व्यवस्थापन समितिको लापरबाही संगै ठूलो कमजोरी रहेको छ । भावानी मा.बि का शिक्षक निर्ग रावतले भने ।
जलविद्युत निर्माण कार्य गर्दैगर्दा काम गरेको ज्याला नदिएको र नियमित रुपमा बत्ति उपभोग गर्न नपाएका कारण विद्युतको सुल्क नतिर्ने गरेको टुनिसैन बासी युवा विद्यार्थी समीर खडकाले बताएका छन । खड्काका अनुसार ब्यवस्थापन समितिलाई नहर पुन: निर्माण संगै अहिले सम्मको साधारण सभा गर्नु पर्ने भन्दै पटक–पटक भन्दा पनि सोयम समितिको अध्यक्षले बेवास्ता गरेको उनले बताए ।
साधारणसभा असार मशान्त भित्र गरिसक्ने भनेका थिए । तर अहिले सम्म भएको छैन । अबको १५ दिन भित्र पनि साधारणसभा भएन भने वडा नम्बर ४ र का युवा विद्यार्थी शिक्षकको सयुक्त पहलमा विद्युत कार्यालयमा ताला लगाउने भन्ने तयारी भैरहेको उनले बताएका छन । यता ब्यवस्थापन समितिका अध्यक्षलाई दुई पटक फोन गर्दा पनि कुनै फोन सम्पर्कमा आएका छैनन् ।