मिन बहादुर खड्का बाजुरा : जिल्लाको पश्चिमी भेगमा पर्ने खप्तड छेडेदह गाउँपालिका वडा न ४ मा सरोकारवालाहरुलाई बाल अधिकार बाल संरक्षण र बालविवाह न्यूनीकरण सम्बन्धि दुई दिने तालिम सम्पन्न गरिएको छ ।
शुक्रबार गुड नेर्बस इन्टरनेस्नल पिसविन बाजुराको आर्थिक तथा प्राबिधिक सहयोग र वडा कार्यालयको समोन्नयमा संचालन भएको तालिम सनिवार वडा अध्यक्ष हर्क बहादुर रावतको अध्यक्षतामा सप्पन्न भएको हो ।सो तालिम जनप्रतिनिधि, धामीझाँक्री ,शिक्षक ,कर्मचारी लगायत अन्य अभिभावक लाई दिइएको अध्यक्ष रावतले लोकतन्त्र बिहानी न्यूजलाई जानकारी दिए ।
सो सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष रावतले पछिल्लो समयमा वडामा भैरहेका बालबालिका संग सम्बन्धित समस्या समाधानका लागी निरन्तर प्रयास भैरहेको छ । बालबालिका संग सम्बन्धित समस्या अन्तर्गत बालविवाहको दर पछिल्लो समयमा पहिलाको तुलनामा केही घटेको छ । वडामा बालविवाह न्यूनीकरण को अभियान संचालन गरिएको छ उनले भने ।
उक्त अभियानमा वडा कार्यालय ,बाल क्लब सक्रियता का साथ लागि परेको अध्यक्ष रावतले बताए । बालविवाह न्यूनीकरण गर्नका लागी सर्बप्रथम त बालबालिका हरु आफैंमा सचेत बन्नुपर्ने भन्दै बालबालिका को हेरचाहामा अभिभावकहरु पनि थप जिम्मेवार बन्नुपर्नेमा रावतले जोड दिएका हुन । यसको जरै देखि अन्त्य गर्नका लागी सम्बन्धित निकाय सरोकारवाला क्षेत्र ,अभिभावक ,सबैको साझा प्रयास बाट मात्र सम्भव हुने अध्यक्ष रावतले बताएका छन । रावतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा करिब ३० जनाको उपस्थिति रहेको थियो ।