
धनगढी: कैलालीमा ट्याङ्कर दुर्घटना भएको छ । जिल्लाको गोदावरी नगरपालिका –१ मनहरा पुल नजिक ना ७ ख २७४९ नम्बरको खाली ट्याङ्कर दुर्घटना भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा चालक डडेल्धुराको गन्यापधुरा गाउँपालिका –१ का २३ वर्षीय पुरन देउवा र सह चालक २१ वर्षीय नवीन मल्ल घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनीहरु दुवै जनाको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइएको छ। प्रहरीका अनुसार ट्याङ्कर सडकबाट १० मिटर तल खसेको थियो ।