काठमाडौं : सरकारले प्रत्येक प्रदेशमा कम्तिमा एक हजार अक्सिजन सिलिन्डर भरेर राख्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सातवटै प्रदेशमा पत्रचार गरेर कोरोना संक्रमणको तेस्रो लहर आउनसक्ने भन्दै कम्तीमा हजार अक्सिजन सिलिन्डर भरेर राख्न निर्देशन दिएको हो ।
‘जनस्वास्थ्यका मापदण्डको पालना र निषेधाज्ञाका वावजुद कोभिड–१९ को संक्रमण दरमा कमी आएको देखिँदैन । विगतका दिनमा जस्तै संक्रमणको दर तिव्र रुपमा वढ्न गई कोभिड–१९ को पुन: अर्को लहर नआउला भन्न सकिँदैन । स्वास्थ्य मन्त्रालयले भनेको छ, ‘अत: भविस्यमा आउन सक्ने सम्भावित चुनौतीलाई सामना गर्न कम्तिमा एक हजारवटा अक्सिजनका सिलिन्डर भरी तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्नुहुन निर्देशानुसार जानकारी गराइन्छ ।
साथै मौजुदा सिलिन्डरहरु पनि खाली नाराख्नु हुन र अक्सिजन पीएसए प्लान्ट, अक्सिजन ट्यांक तथा अक्जिन कन्सन्ट्रेटरहरु चालु र चुस्त अवस्थामा राख्नुहुन जानकारी गराइन्छ ।मन्त्रालयले अहिलेको निषेधाज्ञा खुकुलो र जनस्वास्थ्य मापदण्डलाई प्रभावकारी रुपमा लागू नगरिएकाले सङ्क्रमणको तेस्रो लहर आउने आँकलन गरेको हो। तेस्रो लहर सङ्क्रामक र बालबालिकालाई बढी असर गर्ने बताइएको छ।