श्रावण १२ बाजुरा : बाजुरामा सहयोगी हातहरुको समुह सहास नेपाल र आईएनएफ युकेको आर्थिक सहयोगमा बडिमालिका नगरपालिका र जिल्ला अस्पताल बाजुरालाई स्वास्थ्य समाग्री बितरण गरिएको छ । भावि पूस्तालाई समृद्धी र न्यायिक समाज भन्ने उद्देश्यका साथ बडिमालिका नगरपालिकाको आयोजना तथा साहास नेपाल र आईएनफ बाजुराको आर्थिक सहयोगमा स्वास्थ्य सुरक्षाका सामाग्री बितरण गरिएको हो । कोरोना भाइरसले आक्रान्त बनाइरहेका वेला साहास नेपाल र आइएनएफ युके बाजुराले कोभिड १९ ले प्रभावित स्वास्थ्य प्रवाहका लागी उक्त्त स्वास्थ्य सामाग्री बितरण गरिएको साहास नेपालका परियोजना अधिकृत राम बहादुर खत्रीले बताए ।
उहाँका अनुसार बडिमालिका नगरपालिकालाई पिपिई सेट ६ पिस ,सर्जिकल ग्लोव्स २० थान , सर्जिकल माक्स २० पिस , पल्स अक्समिटर १० पिस , थर्मोमिटर १० पिस र फ्रेससिड ४० पिस वितरण गरिएको हो । त्यस्तै जिल्ला अस्पताल बाजुरालाई पिपिई सेट ६ पिस ,सर्जिकल ग्लोव्स ५ पिस ,अक्सिजन सिलिन्डर ७ ओटा , रेगुलेटर ७ पिस वितरण गरिएको उहाँले बताउनु भएको हो । उक्त्त स्वास्थ्य सुरक्षा सामाग्री बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालको हातमा हस्तान्त्रण गरिएको हो ।
बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले स्वास्थ्य सामाग्री बुझ्दै साहास नेपाल लगाएतका थुप्रै संस्थाहरुले नगरपालिकालाई जस्तो सुकै अवस्थामा पनी सहयोग गरेको प्रती धन्यवाद समेत दिएका छन् । उहाँले बडिमालिका नगरपालिका विकास निर्माणको हिसावमा पनी अरु पालिका भन्दा केही फरक भएको बताउदै विपतीको वेला आईपर्ने समस्याहरुबाट केही संस्थाहरुले नगरपालिकालाई विपतीबाट बचाई रहेको उनको भनाई छ ।
यता साहास नेपाल र आइएनएफ बाजुराले कोरोना भाइरसबाट प्रभावित भएका स्वास्थ्य संस्था , शैक्षिक संस्था लगाएतका अन्य क्षेत्रहरुमा पनी स्वास्थ्य सुरक्षाका सामाग्री पटक पटक सहयोग गर्दै आइका छ । स्वास्थ्य सामाग्री हस्तान्त्रण कार्यक्रममा नगरप्रमुख पदम बडुवाल , नगर उप– प्रमुख कविता विष्ट , नि. प्रमुख प्रशासकिय अधिकृत रंगमल विक ,नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्का लगाएतको सहभागिता रहेको थियो ।