मिन बहादुर खड्का/बाजुरा- जिल्लाको बुढिगंगा नगरपालिका ४ मानसिक सन्तुलन गुमाएकी २३ बर्षिया जयशोरी थापाको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भैरहेको छ ।
निजको उपचार एहा संभब नभए पछि बार्जु कोट युवा क्लबको आर्थिक सहयोगमा थप उपचारका लागि धनगढी स्थित निसर्ग रिसर्च अस्पतालमामा लगिएको युवा क्लबका सचिव पारस बिगटीले लोकतन्त्र बिहानी न्युजलाई जानकारी दिए ।
मानसिक सन्तुलन गुमाएकी जयश्वरी बर्ष १८ उमेरमै घरबाट आछामको पाएलमा विवाह गरेर गएकि थिईन । विवाह पछि उनका श्रीमान मजदुरीका लागि भारत गएका थिए । बिहे गरेको ५ महिना नबित्दै उनका श्रीमानको मृत्यु भएको थियो । श्रीमानको मृत्यु पछि उनी पोइली घर छोडेर माइत फर्किन र बिगत ४ बर्ष एता माइती घरमा बस्दै आइरहेकी थिईन । श्रीमान को मृत्यु पछि अनेकौं कष्टहरु थपिदै गएपछि बिस्तारै मानसिक सन्तुलन बिग्रिदै गएको थियो ।
बिस्तारै उनले मानसिक सन्तुलन पुर्ण रुपमा गुमाईन उनलाई उपचारका लागि स्वास्थ्य चौकी टाटे लगियो त्यहा कार्यरत स्वास्थ्य साखा प्रमुख तथा नगरपालिका स्वास्थ्य संयोजका अनुसार त्यहा उपचार सम्भब नहुने भयो । उनको पारिवारिक अवस्था कमजोर छ । निजको उपचारका लागि हामीले चंदा संकलन अभियान संचालन गर्यौ र अहिले उपचार भैरहेको छ । पहिला को भन्दा अहिले उनको मानसिक सन्तुलन सुधार हुँदै गएको छ उनले भने ।
सचिव वाेगटीका अनुसार अहिले करिब ८० हजार आर्थिक संकलन गरेर निजको उपचार भैरहेको छ । निजको मानसिक अवस्था पुर्ण रुपमा पहिला कै अवस्थामा आउन लामो समय औसधि सेवन गर्नुपर्ने अवस्था रहि आएको छ । उपचारको क्रममा थप खर्च लाग्ने संभावना बढि रहेको ले थप चंदा संकलन गर्ने कार्य निरन्तर जारी रहेको निजको उपचारमा लाग्ने जति पनि खर्च बेहोर्ने जिम्मेवारी युवा क्लबले लिएको हुँदा सम्बन्धित सबैलाई सक्दो सहयोग गर्न पनि सचिव वाेगटीले अनुरोध गरेका छन ।