युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
108 पटक पढिएको

काठमाडौं : पुष्पलाल(मध्यपहाडी) लोकमार्ग आयोजनाको खोटाङ खण्डमा अनियमितता भएको छ । निर्माण कम्पनी र आयोजनाका कर्मचारीको मिलोमतोमा खोटाङ खण्डको ठेक्कामा अनियमितता भएको तथ्य बाहिर आएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह तथा तत्कालिन आयोजना प्रमुख विजय चापागाईसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको छ । तत्कालिन इन्जिनियर दीपककुमार खड्का, तत्कालिन सब इन्जिनियर गजेन्द्रप्रसाद राउत र तत्कालिन लेखा अधिकृत दुर्णप्रसाद फुयाँललाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।

खोटाङ खण्ड निर्माण कार्य ठेक्का सम्झौताअनुसार नगरेको भन्ने उजुरीका सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको थियो । यो ठेक्का निर्माणस्थलमा भएको कामको वास्तविक अवस्था उल्लेख नगरी भेरियसन हुनुपर्ने भन्दा फरक बेहोराको भेरियसन पेश गरिएको पाइएको अख्तियारले जनाएको छ ।

एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्काबाट एउटै प्रकृतिको काम ओभरल्याप गरिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ । एउटा ठेक्काबाट डीपीआर अनुसारको इष्टिमेट तयार भई गरिएको कामको भुक्तानी भइसकेपछि फेरि सोही चेनेजमा सोही प्रकृतिको आइटमको अर्को ठेक्काबाट काम गराई विल तयार पारी भुक्तानी लिने र दिने काम गरी ६८ लाख ९३ हजार ७७८ रुपैयाँ ५ पैसा हिनामिना गरिएको अनुसन्धानमा पाइएको अख्तियारका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद रिसालले जानकारी दिए ।

अख्तियारले योजना प्रमुख चापागाईं, तत्कालिन इन्जिनियर खड्का, तत्कालीन सब इन्जिनियर राउत, निर्माण कम्पनी महादेव खिम्ती निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक रवि सिंहसँग ६८ लाख ९३ हजार सात सय ७८ रुपैयाँ पाँच पैसा विगो माग दावी गरेको छ ।

त्यस्तै तत्कालिन लेखा अधिकृत फुयाँलसँग २१ लाख ४९ हजार आठ सय १८ रुपैयाँ विगो माग गरिएको छ । सरकारी कर्मचारीको हकमा तीन वर्षसम्म कैद र बिगोबमोजिम जरिबानाको माग दाबी गरिएको छ । ठेकेदार सिंहविरुद्ध दुई वर्षसम्म कैद वा बिगोबमोजिम जरिबाना गरी बिगो समेत जफतको माग दाबी छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!