राम बहदुर दानी/बाजुरा- नेपाली काँग्रेस बाजुराले बुधवार एक विज्ञप्ति जारी गरी पार्टीको विधि तथा विधान विपरित वडा तहका अधिवेशन नगर्न आग्रह गरेको छ ।
काँग्रेस बाजुराका कार्यालय सचिव टेक बहादुर रोकायाद्वारा हस्ताक्षरित विज्ञप्तीमा पार्टीको विधि विधान विपरित सहमतिय आधारमा गाउँ अधिवेशन भएकोले यसो नगर्न अनुरोध गर्दै विज्ञप्ति जारी गरेको हो ।
जिल्लाको पुर्वी उत्तरी क्षेत्र तथा प्रदेश ‘क’ को हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिकाका केही वडाहरुमा सर्वसहमतिका आधारमा वडा अधिवेशन सम्पन्न भैरहेको जनाकारी आएको प्रति काँग्रेस बाजुराले ध्यान आर्कषण गराईएको छ ।