मिन बहादुर खड्का बाजुरा : बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा न १० घर भएका सामाजिक अभियान्ता पारस रावल पछिल्लो समयमा सामाजिक कार्यमा थप सक्रिय बन्दै गएका छन ।
सानै देखी सामाजिक कार्यमा बढी रुचि राख्ने रावल पछिल्लो समयमा बाजुराका दुर्गम बस्तिमा रहेका बेसाहाराहरुको अभिभावक बनि रहेका छन ।
रावलले १६ बर्षको कलिलो उमेर देखि नै समाज सेवा सुरु गरेका हुन । कलिलै उमेरमा समाज सेवा सुरु गरेका रावल पछिल्लो समयमा दुर्गम बस्तिमा बेसाहाराको घाउमा मलम पट्टी लगाउदै आइरहेका छन । सामान्य गरिब परिवारबाट जन्मिनु भएका उनी समाजिक कार्यमा भने निकै सक्रिय देखिदै आएका छन । रावल समाजमा रहेका टुहुरा बालबालिकाको अभिभावक , बिचल्लीमा परेका बृद्द बुवा आमाको लागि असल छोरा , समाजमा रहेका बेसाहारा हरुको साहारा बन्ने गरेका छन ।
म समाजका लागि जन्मेको हु । समाजमा भएका अरु मान्छे पनि म जस्तै हुन । यदि समाजमा कोहि समस्यामा परेको छ भने म त्यो कुरालाई एकपटक मनन गर्छु । यस्तै समस्या यदि मलाई परेको भए कस्तो हुन्थ्यो होला भन्ने कुरा मनमा खेल्न थाल्छ र अलिकति भए पनि सक्दो सहयोग गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । यस्ता कुराहरू मेरो मनमा आफै उब्जिन्छन र सहयोग गर्छु उनले भने ।
अभियान्ता रावलले बाजुरा जिल्लाका दुर्गम बस्तीमा पुगेर अति बिपन्न बर्गका परिवारलाई कसैलाई खाद्यान्न , कसैलाई लत्ताकपडा ,त कसैलाई नखद आर्थिक सहयोग गर्दै आइरहेका उनी आकस्मिक आईपर्ने घटना जस्तै बाढी पहिरो, आगलागी जस्ता घटनाहरुबाट प्रभावित परिवारहरुलाई पनि सहयोग गर्दै आईरहेका छन । उनले लामो समय देखि बिरामी अवस्थामा रहेको तर आर्थिक अवस्था कम्जोरका कारण उपचार हुन नसकेर मृत्युको मुखमा पुगेका हरुलाई उपचारमा सहयोग गरि नयाँ जीवन दिएका छन । यि तलका तस्बिरहरुबाट प्रष्ट देख्न सकिन्छ ।
सेवा नै धर्म हो भन्ने कुरामा बढी बिश्वास गर्ने रावलले फेरि पनि आफू अप्ठ्यारोमा परेर भए पनि असाहय र दिन दुखीहरुको घाउमा मलम पट्टी लगाउन आफू तत्पर रहेको उनी बताउन्छन ।
समाज सेवा अनि सामाजिक कार्यमा लामो समय देखि तलिन अभियान्ता रावल आफ्नो पदाईलाई पनि निरन्तरता दिदै आइरहेका छन । जिल्ला बाल अधिकार मञ्च बाजुराका सचिव समेत रहेका रावल आफू जीवन भर नै समाज सेवामा खटि राख्ने आफ्नो मुख्य उद्देश्य रहेकाे वताउछन ।