
मीन बहादुर खड्का/बाजुरा:- सहयोगी हातहरुको समूह साहास नेपालको आर्थिक सहयोगमा मास्क डेस्क स्थापना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा उक्त कार्यक्रम शुक्रवार सम्पन्न भएको हो ।
नियमित सुरक्षाका उपायहरू अपनाऔ, कोरोनाबाट आफू पनि बचौ अरुलाई पनि बचाऔं भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रम बडिमालिका नगरपालिका नगर उपप्रमुख कविता बिष्टको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रमलाई नगर उपप्रमुख बिष्टले ब्यानर बाचन गरेर उद्घाटन गरिरन भने पत्रकार माहासंघका वरिष्ठ उपाध्यक्ष पदम सिँहले मास्क हस्तान्तरण गरे ।
कार्यक्रममा बोल्दै साहास नेपालका कार्यक्रम संयोजक राम बहादुर खत्रीले मास्क देस्कको स्थापना गर्नुको उदेश्य
सुदुरपस्चिममा अझै पनि कोरोनाको जोखिम कायमै रहेकोले स्वास्थ्य सुरक्षाका मापदण्ड अन्तर्गतकोको मास्क अति आवश्यक भएकोले जोखिमबाट बचाउन र संक्रमण फैलिन नदिन मास्क डेस्कको स्थापना गरिएको बताए ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख बिष्टले मास्क डेस्कको स्थापना गर्ने सहयोगी हातहरुको समूह साहस नेपाललाई धन्यवाद दिइन् । उप प्रमुख बिष्टले कार्यक्रममा बोल्दै साहास नेपालले यस अघि पनि नगरपालिकालाई अप्ठ्यारोमा सहयोग गर्दै आएको बताईन् । साथै सहायोगी हातहरुको समुह साहास नेपालको आर्थिक सहयोगमा स्थापना गरिएको मास्क डेस्क प्रभाकारी भएको बताउदै कोरोना रोकथाम र नियन्त्रणमा थप सहयोग पुग्ने बिश्वास व्यक्त गरिन् । कोरोना जोखिम रोकथाममा आफू नगरपालिकाले थुप्रै प्रयास गर्दै आइरहेको पनि उनले बताईन ।
नगर उपप्रमुख बिष्टको अध्यक्षतामा संचालन भएको कार्यक्रममा सहयोगि हातहरुको समूह साहास नेपालका कार्यक्रम संयोजक राम बहादुर खत्रीले सहजिकरण गरेका थिए । कार्यक्रममा पत्रकार महासंघका पुर्व अध्यक्ष मदनराज जोशी , पत्रकार माहासंघ बरिस्ठ उपाध्यक्ष पदम सिँह, प्रेस युनियनका अध्यक्ष प्रेम रौले लगायतका पत्रकारहरुको उपस्थित रहेको थियो ।