दयाराम पण्डितः– हिमाली गाउँपालिकाको रुगिन गाउँजान कवाडीको उकालोमा हिडिरहेका थियौं । रुगिन स्वास्थ्य चौकी ईन्चार्ज प्रेमकला मल्लले भनिन् , सर मलाई हतार छ , अगाडी जाँउ ? किन त्यस्तो हतार हामीपनि रुगिन नै जाने हो । तपाइँपनि रुगिनको कार्यक्रममै जाने त होलानी?उनले भनिन् हुन्त हो सर तर मरो सेवाग्राहीले तारन्तार फोन गरि कन कति वेला पुुग्नुहुन्छ भनेर सताइरहेकी छिन् । सायद तिनलाई सुत्केरी बेथाले च्यापेको होला । यति भन्दै प्रेमकला सिस्टर अगाडी कुदिन् । टन्टलापुर गर्मी कवाडीको उकालो स्याँफ्या गर्दै हामी पनि प्रेमकलाको पछि पछि लम्क्यौं । करिब आदि घण्टा उकालो बाटो पार गरेपछि रुगिन गाउँ आयो । जीवनमा पहिलो पटक रुगिन स्वास्थ्य चौकी पुुग्दा जीर्ण स्वास्थ्यचौकी भवन । अनिबाहिर चौरमा सुत्केरी बेथाले छट्पटाएकी एक किशोरी पेट मुसार्दे पसिना पुछ्दै थिइन्। पे्रमकलाको स्वास्थ्यचौकीमा आगमन पछि उनकी स्याहारे सोडेनी (स्वास्थ्य स्वयंसेविका) कुण्डला देबी शाहीले भन् िअबयिनको ज्यान जोगिने भयो ।
हत्तपत्तति युवतीको पाखुरा समातेर सि.अनमी प्रेमकलाले स्वास्थ्य चौकीको बर्थिंङ्क रुममा लिइन् । सामान्य चेकजाँच पछि गर्भको बच्चा र आमा दुुबैको अबस्था सामान्य भएको बताईन् । केही घण्टा पछि बच्चा पैदा हुन्छ नआत्तिनुस् म तपाइँसंगै हुनेछु , स्वास्थ्य ईन्जार्ज पे्रमकलाले भनेपछि ति गर्भवति किशोरीले लामो स्वास फेरिन् । छिमेकी जिल्ला मुुगुुको खत्याड गाउँपालिका एक विनबाट आएकी शर्मीला शाहीले चार घण्टा पैदल बाटो हिडी गर्भजाँच गराएकी थिईन् । यो उउनको चौथो पटक हो। स्वास्थ्य संस्थामा सुत्केरी भएमा ३८०० रुपैंया पाईन्छ भन्ने गाउँकी महिलालाई थाह छ मल्लले भनिन् । गर्भीणी शर्मीलाका श्रीमान् काठमाण्डौंमा तरकारी खेती गर्छन् । घरमा बुढा सासुरा छन् । उसैत गाउँमा महिलाको हेरचाहहुंदैन अझ श्रीमान् पनि वाहिर हुँदा महिलाको ज्यान जोखिम हुन्छ । गर्भवती महिला शर्मीला त दुुर्गमकी एक प्रतिनीधि पात्र मात्र हुन् । सबै महिलाको बेथा यस्तै हो । यो दुुर्गमको पिडा हो, उनले भनिन् ।
बाजुराको साविकको रुगिन, बिछ्या,कवाडी अनि छिमेकी जिल्ला मुुगको विन, ह्याङ्गलु र हुम्लाको जिम्ना लगायतका टाडा टाढाबाट रुगिन स्वास्थ्य चौकीमा विरामी आउने गरेको उनले बताईने । महिना कम्तीमा १० देखि १५ वटा सुत्केरी बेथाका विरामी आउँछन् ।“ रिफर गरौं बाटोमै घटना होलाभन्ने डर नगरौं ज्यानजाने खतरा । कयौंपटक जोखिम मोलेर सुत्केरीको ज्यान जोगाएको स्वाास्थ्य चौकी ईन्चार्ज मल्ल बताउँछिन। अहिले कवाडी सम्म कच्ची मोटर वाटो पुुग्दा केही राहात भएको उनले बताईन् । ” दुुर्गम ठाउँमा डाक्टर त के अहेव पनि बस्न मान्दैनन् । कयौंपटक अहेब पारामेडिसियन नहुँदा उक्त काम पनि आफैले गरेकी छु । बाजुराको सर्वाधिक विकट बिछ्याँमा निरन्तर १५ वर्ष बस्दा एउटा अनमीले सबै कामगर्नु परेको गुनासो गरिन् । सयौं सुत्केरी र हजारों विरामीको उपचार गरीयो तर, आज सम्म मेरो कारण कसैको ज्यान नगएकोले खुशी पनि छु, उनले भनिन् ।
म प्रतिको विश्वासले होला शुुरक्षित सुत्केरी गराउँन टाडा टाडाबाट गर्वती महिला आउने गरेको सि अनमी मल्लले बताईन् । सुत्केरी लगायत दर्जनैं महिलाको ज्यान जोगाएको अनुुभव रुगिन स्वास्थ्य ईन्चार्ज मल्लले सुनाईन् । एस बि ए तालिम प्राप्त आफुर र बोर्ताकी पूर्णकला भण्डारी बाहेक कोही छैनन् । रात दिन नभनि यिनकै सेवामा छौं उनले भनिन् ।
दुुर्गमकी डाक्टर भनेर चिनिने हिमाली गाउँपालिका फैतीकी प्रेमकला मल्ललाई रुगिन बिछ्याको स्वास्थ्य सेवामै नौकरी गरेको २० वर्ष भयो । दुुई दशकको जागिरे दौरानमा उनलाई कहिलै पनि सुुगमको रोजाई भएन । १५ वर्ष त बाजुराको सर्वाधिक विकट साविकको विच्छ्या स्वास्थ्य चौकी मै विताईन् । “गाउँमा विरामी पर्दा घरमै पुुगेर स्वास्थ्य उपचार गरेको र स्वास्थ्य चौकीमा अहेव समेत नहुंदा पारामेडिसियनको कामगर्दाको अनुुवपनि छ । माशिकाको सरुवा नहुने अनमी भएपछि गाउँलेले सरुवा हुनै दिएनन् । जन्मथलो र कर्मथालो एउटै मनाएँ ,परिस्थितीले विहा बन्धनमा पनि बाँधिन पाईएन उनले भनिन् । ”
माशिकाबाट सरकारी जागिरमा प्रबेश गरेकी प्रेमकला मल्ललाई गत चैत्र २२ गते नेपाल सरकारको अधिकृत स्तर छैटौं तह सि अनमी निरिक्षक पदमा पदोन्नती भएको छ । दुुई दशक सम्म निरन्तर दुुर्गमका जनताको स्वास्थ्य सेवा गरेकै कारण पे्रमकलालाई जनताले दुुर्गमकी डाक्टरको नामले चिन्छन् यो स्वभाविकहो हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द वहादुर मल्लले भने ।