
कमला रावल/ बाजुरा : नेपाली कांग्रेस बाजुराले बाजुरा दिल्लि सम्पर्क समितीका उपाध्यक्ष गोरख विष्टलाई एक कार्यक्रमका विच स्वागत गरिएको छ । बाजुरा जिल्लाको बडिमालिका नगरपालिका ९ चौराटा जन्म भई हाल नेपालको छिमेकी देश भारतमा कर्म थलो बनाएका विष्टलाई शनिवार नेपाली कांग्रेस बाजुराले विपी स्मृती भवनमा स्वागत गरिएको नेपाली कांग्रेस बाजुराले जनाएको छ ।
बाजुरा दिल्लि सम्पर्क समितीका उपाध्यक्ष समेत रहेका विष्टले प्रवासमा रहेर नेपाली नागरिकहरुलाई राहत लगाएतका विभिन्न समस्यामा परेका ब्यक्तिहरुलाई सहयोग गर्दै आएको काग्रेस बाजुराले जनाएको छ । विश्व व्यापिरुपमा फैलिरहेको कोरोना भाइरसले आक्रान्त बनाइरहेका वेला उपाध्यक्ष विष्टले सिमानाका लगाएत भारतको विभिन्न क्षेत्रमा अलपत्र परेका तथा अन्य नागरिकलाई राहत सहयोग गरी उद्धार समेत गरेका छन् ।
स्वागत कार्यक्रममा नेपाली काँग्रेस महासमिती सदस्य जुना दानी , नेका जिल्ला कार्यसमिती सदस्य जनक बहादुर रोकाया , धन बहादर रावत , प्रकाश रावल ,तरुण तल अध्यक्ष कुम्भ नाथ योगी ,महिला संघ अध्यक्ष अमृता सिंह , दलित संघ सदस्य मन बहादुर विक , नेविसंघ उपाध्यक्ष जनक थापा , कमल रावल लगाएको सहभागिता रहेको नेपाली कांग्रेस जिल्ला कार्यसमिती कार्यालय सचिव टेक बहादुर रोकायाले बताएका छन ।