
मीन बहादुर खड्का/बाजुरा- नेपाल तरुण दल जिल्ला कार्य समिति बाजुराले १० जना युवा विद्यार्थीलाई जिल्ला कार्य समितिको सदस्य पदमा मनोनित गरेको छ ।
आइतबार बसेको नेपाल तरुण दल्ल जिल्ला कार्य समिति बाजुराको बैठकले प्रदिप धहादुर बुढा, वीरेन्द्र ऐडी, गणेश खड्का, कृष्ण रावल, डेनी थापा, मन थापा, विरेन्द्र थापा र कृष्ण थापा लगायत १० जनालाई सदस्य पदमा मनोनित गरेको हो ।
नेपाल तरुण दल जिल्ला कार्यसमिति बाजुराले १० जना विद्यार्थी नेतालाई कुसल युवा र सक्षम नेतृत्व गर्ने युवा ठहर गर्दै जिल्ला कार्य समितिको सदस्य पदमा मनोनित गरिएको नेपाल तरुण दल बिभाग केन्द्रीय सदस्य सराेज शाहीले लोकतन्त्र बिहानी न्युजलाई जानकारी दिए ।