
राम बहादुर दानी/काठमाण्डाै- पुर्ख्यौली घर बाजुरा जिल्ला साविकको कुलदेवमाण्डौ गा.वि.स. भै कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा जन्मिएकी पछिल्लो पुस्ताले मन पराएकी चर्चित गायिका हुन रेखा जोशी । सानै उमेर देखि काम प्रतिको लगाव र परिश्रमले जुनसुकै क्षेत्रमा सफल भइन्छ’ भन्ने उदाहरण बनेकी सफल देउडा गायिका हुन रेखा जोशी । पछिल्लो समय उनले आफूलाई सुदूरपश्चिमको देउडा क्षेत्रमा अब्बल गायिकाको रुपमा छुट्टै पहिचान बनाएकी छन । करिव पाँच/छ वर्षअघि मात्रै देउडा गायन क्षेत्रमा रेखाले प्रवेश गरेकी हुन ।
छोटो समयमै दर्षक श्रोताको मनमा बस्न सफल गायिका जोशीका कर्णप्रिय देउडा गीतहरु निकै नै चर्चित बन्न पुगेका छन् । बिशेषतः उनी देउडा बिधामा अब्बल गायिकाको रुपमा स्थापित बन्न पुगेकी छन् । गायिका जोशीले पाँच वर्षको अवधिमा ७०० भन्दा बढी देउडा, लोक तथा सुदूरपश्चिमको ठाँडी भाकामा स्वर दिई सकेकी छन् । वि.सं. २०७१ मा ‘घुटुक्क बाडुली लाया’ गीतबाट पहिलो पाईला टेकेकी गायिका जोशीले क्रमिक रुपमा शयौँ गीतहरुमा आवाज दिई सकेकी छन ।
तीन वर्षअघि बजारमा आएको ‘मैना’ एल्बमले सुदूरपश्चिमको देउडा क्षेत्रमा उनलाई परिचित गराएको थियो । गायिका जोशी र टँक तिमल्सेनाको आवाजमा रहेको “मैना गीत युटुबमा समेत २६ लाखभन्दा बढीले दर्षक/श्राेताले अवलोकन गरेका छन । देउडाले पनि सुदूरपश्चिमलाई मुलुक भर चिनाएको छ, आफ्नाे माैलिक गीतहरुवाट पनि छवि माथी उठाउन सकिन्छ उनकाे भनाई रहेकाे छ । विदेशमा रहने नेपालीहरु देउडा गीत भन्नासाथ हुरुक्कै हुन्छन् अधिकाँश देउडा गीतहरु विदेश मै बसेका नेपाली युवाहरुले गाउने अबसर दिएको उनी बताउछिन ।
प्रदेशको पीडा, सुदूरपश्चिमको कला, संस्कृतिलाई संरक्षण एवं सम्वर्दनमा समेत देउडा गीत सहयोग बन्दै आएको र आफू शुदुरपश्चिमकाे पर्यटकीय स्थलको समेत साङ्गीतिक यात्रा मार्फत प्रचार प्रसारमा जुटिरहेको उनि बताउछिन । भारतको दिल्ली, बैंग्लोर, मुम्बै देखि कतार, दुबई, कोरियासम्म देउडा गायनका क्रममा पुगेकी छु उनी बताउछिन । आफु अध्यायन पेषामै रहेर पनि गीत सँगीतलाई पनि सँगै लिएको र गायनबाट अध्ययनलाई प्रभाब नगरेको उनको भनाई रहेको छ ।
गायिका जाेशी हाल सुदूरपश्चिम प्रदेशको लोकदोहरी प्रतिष्ठानको सदस्य समेत रहेकी छन् । गायिका जोशीले आफू स्कूले समयदेखि नै गायन विधामा बुबा आमासँगै लागेको बताउछिन । बुवा र आमा पनि देउडा गीत राम्रै गाउनुहुन्थ्यो । दुवै दाजुहरुले पनि गायनका क्रममा स्टुडियो पुर्याउनसम्म ठूलो सहयोग गरेको छ । उनी बताउछिन ।
करिब तीन वर्षसम्म गायिका जोशीले स्थानिय एफ एम रेडियोमा काम समेत गरेकी थिईन । केही वर्ष यता उनि हरेक साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रममा स्थान दिदै आएकी छिन । बैँकिङ क्षेत्रमा जाने ठूलो चाहना राख्ने उनि देउडा जन्म थलोको संस्कृति भएकाले पनि हामी युवा पुस्ता यसको जगेर्नामा लाग्नुपर्छ । उनको भनाई रहेको छ ।
पछिल्लो समय यहाँको देउडा गायन क्षेत्रमा निकै सक्रिय र व्यस्त रहेकी जोशीले लोप हुन लागेको देउडामा नयाँ क्रेज थपिएको छ । “युवा पुस्ता पनि देउडामा नयाँ पन ल्याउँदा झुम्मि रहेको देख्छु । गायन पेषाबाटै सम्मान र दाम समेत पाएकै छु । पछिल्लो समय युवा पुस्ता माझ निकै लोकप्रिय बनेका देउडा गायक लाल बहादुर धामी (अछामी बड्डो) पनि गायिका रेखा जोशी छोटो समयमै सफल कलाकारका रुपमा लिनुहुन्छ । देउडामा थोरै समयमा रेखाले राम्रो प्रगति गरिँन । उनलाई यश क्षेत्रका अग्रजहरुकाे पनि साथ र सहयोग औधी रहेको छ । थप शुदुरपश्चिमकाे कला, भाषा, सँस्कृतिमा गायिका रेखाकाे लगाव र प्रगति हाेस लाेकतन्त्र विहानी न्युज परिवारकाे अपिम शुभकामना ।