राम बहादुर दानी/बाजुरा- जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ५ मा रहेको किम्नी छडा झरनामा राज्यको दृष्टि अहिले सम्म परेको छैन ।
भौगोलिक दृष्टिकाेणले दुर दराजमा रहेकाे किम्नी छडा झरना बाजुरा जिल्लाको सम्पदामा निकै नै शोभाको प्रतिकका रुपमा रहेको छ ।
जिल्लाको दक्षिणी भेगमा पर्ने यो झरना समुन्द्री सतहबाट ७ हजार फिट उच्चईमा रहेको छ । यो झरना ३ सय मिटर लामो दुरिमा रहेर झरी रहेको छ । किम्नी छडाे झरनाकाे दृश्य निकै आकर्षक रूपमा झरी रहेको पाहिन्छ ।
यस झरनालाई राज्य पक्षबाट कुनै पहिचान हुन सकेको छैन । राज्यले यसको पहिचान गरी यस झरनाको संरक्षण गर्ने हो भन्ने आन्तरिक तथा बाह्य पर्यटन भित्र्याई जिल्लाको पहिचान हुने विश्वास रहेको छ । यो झरना प्राय बाह्रै महिनामा झरी रहने गरेको छ ।
यश झरनाको सँरक्षणका लागि पथ मार्गको निर्माण गरि पर्यटकहरुलाई भित्रयाउन सके सो क्षेत्रका युवाहरुको आयमा बृद्दि हुन सक्ने सो क्षेत्रका एक स्थानिय जनक बहादुर बुढा बताउछन ।