मिन बहादुर खड्का/बाजुरा: जिल्लाको बडिमालिका नगरपालिकाको तालिम हलमा नगरपालिका स्तरिय जनप्रतिनिधि महिला र सम्भावित महिलाहरुका लागि नेतृत्व क्षमता विकास सम्बन्धि ३ दिने तालिम सुरु भएको छ ।
नेपालका सिमान्तकृत महिलाहरुको आवाज तथा सहभागीता कार्यक्रम अन्तर्गत आज बुधबार त्रिवेणी नगरपालिका १९ जना जनप्रतिनिधि महिला र ९ जना सम्भावित महिलाहरुका लागि नेतृत्व क्षमता विकास सम्बन्धि ३ दिने तालिम बडिमालिकाको तालिम हलमा टेवा नेपाल र महिला विकास मञ्च बाजुराको आयोजनामा बडिमालिका नगरपालिकाको तालिम हलमा महिला बिकास मञ्च संयोजक जुना दानीको अध्यक्षतामा संचालन भएको हो ।
टेवा नेपाल र महिला विकास मञ्च बाजुराको आयोजनामा बडीमालिका नगरपालिकाको तालिम हलमा संचालन भइरहेको तालिममा आर्थिक तथा प्राबिधिक सहयोग ध्यmभलपष्लम ग्प् को रहेको महिला विकास मञ्च बाजुराका कर्मचारी विक्रम साउदले लोकतन्त्र बिहानी न्युजलाई जानकारी दिए ।
यस अघि बडिमालिका नगरपालिकामा सो तालीम सम्पन्न भईसकेको आज त्रिवेणी नगरपालिकाका जनप्रतिनिधि महिला तथा सम्भावित महिलाहरुलाई दिइने बताइएको छ । जनप्रतिनिधि महिला र सम्भावित महिलाहरूको नेतृत्व गर्ने क्षमताको थप विकास गर्नका लागि यो सम्बन्धि थुप्रै कुराको थप जानकारी गराउनका लागी यो तालिम दिईने भएको छ ।
महिला विकास मञ्च संयोजक जुना दानीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको सहजीकरण महिला विकास मंच कार्यकारी निर्देशक एवम् प्याभ कार्यक्रम संयोजक उजा बिष्टले गरेकी हुन प्रशिक्षक तुलाराम जोशीले गर्नुहुनेछ । कार्यक्रममा अथिति त्रिवेणी नगरपालिकाका वडा नं.१ देखि वडा नं.९ का जनप्रतिनिधि महिला तथा सोही पालिकाका सम्भावित महिलाहरु र महिला विकास मंचका कर्मचारी लगायतको उपस्तिथि रहेको थियो ।