
राम बहादुर दानी/काठमाण्डौ- नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व राष्ट्रिय सभा सदस्य बद्री पाण्डे लगायत बाजुरा काँग्रेसका नेताहरुले बुधबार अर्थ मन्त्री जनार्धन शर्मा प्रभाकर सँग भेट गरेका छन ।
राज्यकै सौतेनी ब्यवाहरमा हेरिने बाजुराको समसामयिक बिकास र आर्थिक अवस्थाको विषयमा छलफल भएको थियो । बाजुरामा अँझै पनि बिकासले फट्को मार्न नसकेकोले बिकासका लागि तत्काल दिर्घकालिन रुपमा पहल चाल्नु पर्ने मन्त्री शर्मालाई नेताहरुले अनुरोध गरे ।
बाजुरेली जनताहरुले परिवर्तन र बिकासमा तत्काल नै पहल कदमी चाल्नु पर्ने भएकोले नेपाल सरकारका अर्थमन्त्री जनार्धन शर्मा प्रभाकरसँग ध्यानाकर्षण गराएका थिए ।
बुधबार दिउसो अर्थमन्त्री कार्य कक्ष सिँहदरवार मै भएको भेटघाटमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व राष्ट्रिय सभा सदस्य माननीय बद्री प्रसाद पाण्डे, नेपाली काँग्रेस जिल्ला कार्य समिति पुर्व पार्टी सभापति मान बहादुर रावल, नेपाली काँग्रेस बाजुराका बरिस्ठ नेता तथा त्रिबेणी नगरपालिकाका नगरप्रमुख रामसिंह रावल, नेपाली काँग्रेस बाजुराका उप-सभापति तथा हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द मल्ल, प्रशासकिय अधिकृत राज बहादुर भण्डारी ज्युहरु लगायत युवा नेताहरु भेटघाटमा सामिल भएका थिए ।
जिल्लाको बिकासमा सधै बजेट विनियोजन हुदा राज्यले सौतेनी ब्यबाहारमा विनियोजन गरेकोले बाजुराको बिकास क्रम पछौटे पनमाहेको गुनासो बाजुरा काँग्रेसका नेताहरुले राखेका थिए । जिल्लामा अझै पनि भौतिक, आर्थिक, पर्यटन, शिक्षा, स्वास्थ्य तथा बाजुरेली जनजीबनमा बिकासक्रमले फट्को मार्न नसक्नुमा राज्यले नै सौतेनी ब्यबाहार गरेको भेटघाटमा सामिल नेताहरुको भनाई रहेको थियो ।
बाजुराका काँग्रेस नेताहरुको बिकास क्रम र जनजीवनको अबस्थाबारे जिल्लाका नेताहरुको गुनासो सुनुवाई पछि अर्थ मन्त्री शर्माले बाजुराको समग्र विकासमा आफ्नो कार्यकालमा कुनै पनि कसुर नराख्ने बताएको नेपाली काँग्रेसका युवा नेता भरत बुढाले लोकतन्त्र बिहानी न्यूजलाई जानकारी दिए ।