युनिकोड    राशिफल    एफएम रेडियाे                        
143 पटक पढिएको

धनगढी: स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा नगर प्रहरीले नगरभित्र रहेको बजार व्यवस्थित गर्ने, पार्किङ सहजीकरण गर्ने तथा रेखदेख गर्ने, छाडा पशु चौपायाको नियन्त्रण, दैवीप्रकोप जस्ता घटनामा उद्दार र सहयोग गर्ने उल्लेख छ । तर धनगढी उपमहानगरपालिकाभित्र परिचालित नगर प्रहरीको अनुभुति भने नगरवासीले अझै गर्न पाएका छैनन् ।

मनलाग्दी रुपमा पार्किङ, अव्यवस्थित रुपमा ठेला व्यापार, छाडा पशुचौपायको बिगबिगी भइरहेको अवस्थामा समेत नगर प्रहरीको भुमिका कहिकतै देखिएको छैन । ‘बजारभरी मनलाग्दी रुपमा ठेलैठेला छन्, तर त्यसको व्यवस्थापनका लागि नगर प्रहरीको उपस्थिति कहिकतै देखिदैन’ धनगढीकी स्थानीय लक्ष्मी चौधरीले भनिन्, ‘धनगढी बजार नै कुरुप भइरहेको अवस्थामा नगर प्रहरीलाई खोज्नुपर्ने अवस्था छ ।

उपमहानगरभित्रको सुरक्षा तथा पार्किङ व्यवस्थित गर्ने भनेर राखिएका नगर प्रहरी कामविहिन भएको भन्दै धनगढीवासीले गुनासो गर्ने गरेका छन ्। कर तिरेर व्यापार गरेका व्यवसायीको पसल अगाडि नै फुटपाथ पसल सञ्चालन हुँदा स्थानीय झनै समस्यामा छन ।
‘राजस्व तिरेर बसेका व्यापारीको अगाडि राखिएको फुटपाथलाई हटाउनु नगर प्रहरीको दायित्व हो । तर उपमहानगरपालिकाले भने कार्यरत नगरप्रहरीलाई प्रभावकारी रुपमा परिचालन गर्नै सकेको छैन’ एक व्यवसायीले भने ।

तर उपमहानगर भने जनशक्ति नै पर्याप्त नभएका कारण सबैतिर चाहेर पनि नगर प्रहरी परिचालन गर्न नसकिएको बताउँछ । उपमहानगरपालिकाका प्रशासन तथा जनशक्ति विकास शाखा प्रमुख नारायणप्रसाद शर्मा भन्छन्, ‘२ जना स्थायी र ३ जना दैनिक ज्यालादारीमा नगर प्रहरीमा कार्यरत छन् । कार्यरत ५ जना उपमहानगरपालिकाको कार्यालय सुरक्षाकै लागि परिचालित छन् ।’ पछिल्लो समय कोरोना भाइरसका कारणले बजारमा नगर प्रहरी परिचालित गर्न नसकिएको जनशक्ति विकास शाखा प्रमुख शर्माले बताए ।

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी हो । तुलनात्मक रुपमा अन्य नगरभन्दा यहाँका नगर प्रहरीले उपमहानगरपालिकाभित्रको बजार, पार्किङ सहजीकरण, रेखदेख, छाडा पशु चौपायाको नियन्त्रण लगायत कार्यमा भुमिका खेल्नुपर्ने हो । तर धेरैजसो नगरवासीले त नगर प्रहरी कस्ता हुन्छन् भनेर देख्न समेत पाएका छैनन् ।

दिनेश खबर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!