धनगढी: बैतडीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका ५ स्वालीका २१ बर्षीय सन्तोष चन्द र १८ बर्षीय अमृत चन्दको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
कार्यालयका प्रहरी निरीक्षक बोधराज ओझाका अनुसार बँदेल मार्न मकै बारीमा थापेको विद्युतीय धरापमा परेर दाजुभाइको मृत्यु भएको हो ।
बुधबार राती सवा ९ बजेतिर दुवै जनालाई करेन्ट लागेको र मृत्यु भएको ओझाले जानकारी दिए । घटनाका बिषयमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट टोली खटाइएको छ ।
दिनेश खबर बाट साभार