
बाजुरा- नेपाली कांग्रेस बाजुराले झरे रोकायाको निधनप्रति दुख व्यक्त गरेको छ । बिहिवार एक शोक वक्तव्य जारी गरी रोकायाको निधन प्रति दुख व्यक्त गरिएको कांग्रेस बाजुराले जनएको छ । गौमुल गाँउपालिका वडा नं ५ घर भएका रोकायाको बुधवार निधन भएको थियो । नेपाली कांग्रेस बाजुराका कार्यालय सचिव टेक बहादुर रोकायाले हस्ताक्षर गर्नु भएको शोक बक्तव्यमा एक कुशल तथा कर्मठ सदस्य गुमाउदा सिंङ्गो नेपाली कांग्रेस बाजुरा शाक मग्न भएको जनाएको छ । कांग्रेस बाजुराले उहाँको निधन प्रति यस दुखद घडिमा मृतआत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा ईुश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै गहिरो समवदेना समेत व्यक्त गरेको छ ।