धनगढी : भारतको बैंग्लोर गइरहेका आफन्तको हत्या भएको भन्दै धनगढीको बसपार्कमा रहेको ट्राभल्र्स प्रालिमा ढुङगामुडा प्रहार गरिएको छ ।कैलालीको जानकी गाउँपालिकास्थित दुर्गौलीका ३३ वर्षीय पशुपती आचार्यको बैंग्लोर जाने क्रममा हत्या भएको भन्दै ट्राभल्र्स प्रालिमा ढुङगामुडा प्रहार गरिएको हो ।
आचार्यका आफन्तले धनगढी बसपार्कस्थित पशुपती टुर एण्ड ट्राभल्र्समा ढुङगामुडा प्रहार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।
गाडीबाट आचार्यले आफैँ हाम फालेको भन्ने खबर आएको छ। विस्तृत बुझ्न बाँकी छ,’ उनले भने ।
यता पशुपती टुर एण्ड ट्राभल्र्सका सञ्चालक दीपक बिष्टले भने आचार्यले बैंग्लोर पुग्नअघि नै गाडीबाट हाम फालेको र मृत्यु भएको बताए। ‘गाडीबाट हाम फालेपछि अस्पताल लगिएको थियो। त्यसपछि मृत्यु भएको हो। मृतकको शव धनगढी ल्याइदैछ,’ उनले भने ।