१
महाकालीमा चोट
मस्त निन्द्रामा नेतृत्व
निर्दयी सिंहदरबार ।
२
साइनोको चिराग
झुल्कियो ओकेल्दै राग
साहित्यमा जुनेली रात ।
३
लेखक कलाकार
पाठकीय कठघरा
शब्द हत्याको अभियोग !
४
जून फुलेको रात
प्रेमिल गठिलो साथ
गरौंला मिठा मिठा वात ।
५
बादलको पर्खाइ
आयो आँखामा सुनामी
बगाएन कुनै चीत्कार !
छविलाल खड्का,कोहलपुर,बाँके
सदस्य : साइनो वाङ्गमय प्रतिष्ठान–नेपाल