जय बहादुर रावत: जिल्लामा कोरोना भाइरस (कोभिड–१९) ले भयावह अवस्था लिई रहेको बेला जिल्ला प्रमुख निकायहरुबाट काभिड १९ संकट व्यवस्थापन सम्बन्ध बैठक सम्पन्न गरेको छ । विशेष गरी जिल्लाको बुढिगंगा नगरपालिका र त्रिवेणी नगरपालिका र बडीमालिका नगरपालिकामा फैलि रहेको कोरोना भाइरसलाई व्यवस्थापन गर्न जिल्लाका प्रमुख निकायसँग बैठक बोलाएको जिल्ला कोभिड संकट व्यवस्थापन समिति संयोजक एवम प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन । प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीको अध्यक्षतामा संचालन भएको उक्त बैठकले जिल्लामा कोभिड १९ व्यवस्थापन र स्थानिय बजारमा दैनिक उपभोग्य बस्तुको आपुर्तिका विषयमा विशेष छलफल गरीएको प्रजिअ अधिकारीले बताएका छन ।
शुक्रबार बसेको उक्त बैठकबाट जिल्लाको मुख्य प्रवेश द्धारा बुढिगंगा नगरपालिकाको वडा नं. १० डावबजारमा हेल्प डेक्स स्थापना गरी उक्त हेल्प डेक्समा खटाइएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई जिल्लाको बडिमालिका नगरपालिका , बुढिगंगा नगरपालिका र त्रिवेणी नगरपालिकाले संयुक्त समन्वय गरी खाना बस्न तथा सुरक्षाको व्यवस्था गरिने निर्णय गरिएको छ । जिल्लामा कोरोना भाइरसलाई फैलिन नदिन सुरक्षा निकाय देखि स्थानिय तह एवम सरोकारवाला सबैले आ–आफ्नो क्षेत्रबाट महत्वपुर्ण भुमिका निर्वाह गरी नियन्त्रणमा सक्रियता जनाउने बताएको छ । स्थानिय तहले नजिकको बजार क्षेत्रमा दैनिक उपभोग्य बस्तुको व्यवस्था मिलाई समस्या समाधान गर्न पनि आग्रह गरीएको छ । कोभिड १९ संकट व्यवस्थापनको बैठकमा प्रजिअ गोपाल प्रसाद अधिकारी , बुढिगंगा नगरपालिका नगर प्रमुख दिपक विक्रम शाह , त्रिवेणी नगरपालिका नगर प्रमुख रामसिहं रावल, प्रहरी प्रमुख मोहजित महरा , सशत्र प्रहरी प्रमुख दिपक विष्ट, दुर्गा भन्जाङ गुल्मपति सुनिल विष्ट, जिल्ला अनुसन्धान प्रमुख अशोकराज भट्ट, बडीमालिका नगरपालिका प्रमुख प्रशासकिय अधिकृत धुर्व प्रसाद कोइराला ,नेपाली काँग्रेस पुर्व पाटी सभापति मान बहादुर रावल लगायत सरोकारवाला निकायका प्रमुख एवम् प्रतिनिधीको सहभागी रहेका थियो ।