युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बझाङमा भिरबाट लडेर एक जना पुरुषको मृत्यु | कर्णाली राजमार्गमा गाडी दुर्घटना हुँदा १३ जना घाइते | गृह नपाए सरकारबाट बाहिरिने रास्वपाको चेतावनी | भरुवा बन्दुक फेला | नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति बाजुराको आमन्त्रित सदस्यमा रोकाया मनोनीत | जिप व्यावसायिकले भाडा मनोमानी लिएको यात्रुको गुनासो | भुकम्प आउने हल्लाले रातभर जागराम, अफवाह फैलाउनेलाई कारबाहीको माग | सहिद दिवसको अवसरमा स्व. शाही लाई सामजिक राजनितिक क्षेत्रलाई कविता मार्फत व्यक्त | नेविसंघ बाजुराले सहिद दिवसको अवसरमा बाजुरा क्याम्पस परिसर भित्र सरसफाई गरेर मनाए | नेविसंघ बाजुरा क्याम्पस द्वारा शहिद दिवसको अवसरपारी क्याम्पस सरस |
23 पटक पढिएको

कमल सावद/धनगढी– भारतले अतिक्रमण गरी आफ्नो कब्जामा लिएको दार्चुल्ला जिल्लामा पर्ने नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई नक्सामा समावेश गर्ने ऐतिहासिक निर्णयका लागि वर्ष २०७७ विशेष थियो । नक्सामा समवेश भएता पनि हाल सम्म चुच्चे नक्साको कार्यन्वयन नहुदा सो क्षेत्रमा रहेका सिमावर्ति क्षेत्रका बासिन्दाहरु चिन्तित भएका छन ।

बिक्रम संवत २०७७ जेठमा केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित गरेको थियो। यद्यपि नक्सा कार्यान्वयन र कालापानीबाट भारतीय सेना फिर्ता पठाउने सवालमा भने चुच्चे नक्सा जारी भएको एक वर्षभन्दा बढी भइसक्दा समेत उपलब्धि हुन सकेको छैन ।

१ लाख ४७ हजार १८१ वर्ग किलोमिटर रहेको नेपाली भूभागमा अतिक्रमित ३३५ वर्गकिलोमिटर जोडिएर कुल क्षेत्रफल १ लाख ४७ हजार ५१६ वर्ग किलोमिटर पुग्यो । वास्तविक कठिन चुनौती त यसपछिको स्टेप अतिक्रमित भूमिबाट भारतीय सेना फिर्ता पठाउने थियो। जुन आजसम्म कायमै छ ।

यो चुनौतीमा सफल हुने त परको कुरा, प्रवेश गर्ने न्यूनतम काम पनि अहिलेसम्म वर्ष हुन सकेन । तर नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा सार्वजनिक गरेदेखि सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले नेपालीलाई बढी दु:ख दिन थालेका छन् ।

नेपाल–भारत सीमा क्षेत्रमा बसोबास गर्दै आएका नागरिकले पहिलेको तुलनामा नयाँ नक्सा सार्वजनिक भएदेखि बढी दु:ख पाएको गुनासो गरेका हुन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले समेत आक्रोशपूर्ण व्यवहार गर्दै आएको उनीहरुको गुनासो छ । नयाँचुच्चे नक्सा सार्वजनिक गरेर कार्यान्वयन नगर्दा नेपालले भारतीय सुरक्षाकर्मीलाई जिस्क्याएको तर्क उनीहरुको छ ।

दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर २ का अध्यक्ष हिरनसिँह बुढाथोकीले भारतीय सीमा सुरक्षा बलले प्रतिशोधको भावना लिने गरेको बताए। उनले भने, ‘भारतीय सुरक्षाकर्मी आक्रोसमा छन्। पहिला जस्तो छैन अब। सजिलो पनि छैन। उनीहरुले इगो लिएका छन्।’ नयाँ नक्सा सार्वजनिक गर्ने तर कार्यान्वयन नगरेको सरकारका कारण सीमा क्षेत्रका नागरिकले दु:ख पाएको उनले बताए ।

सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति शून्य जस्तै भएकाले समेत अभिभावक विहीन भएको गुनासो उनकोछ। तर नयाँ नक्सा कार्यान्वयन तथा नागरिकको सुरक्षाकालागि नेपाल सरकार गम्भीर भएको तर्क परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालको छ । उनले नक्साअनुसारको भोगचलनका लागि भने कुनै छलफल नभएको बताइन् ।

जयसिँह धामीलाई भारतीय सुरक्षाकर्मीले तुइन फुकाएर महाकालीमा बगाउदा सीमा क्षेत्रका नागरिक झनै त्रसित भएका छन्। यता भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले परराष्ट्र मन्त्रालयले उक्त बिषय हेर्ने बताए । ‘प्राविधिक सहयोग मात्र आफ्नो मन्त्रालयले हेर्ने हो,’ उनले भने । नेपाली नागरिकले भारतीय बाटो प्रयोग गर्नुपर्ने उक्त क्षेत्रका नागरिकको बाध्यतालाई काठमाडौँले अझै बुझेको छैन। तर राजनीतिक दलहरु अझै जस मात्र लिने पक्षमा देखिन्छन् ।

आजको दिनेश खबरबाट साभार गिरएको

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!