
काठमाडौँ— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारबाट नेपाल मास्क अभियान सुरु गरेको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ मन्त्रालयले साउन २३ गतेदेखि २९ गतेसम्म अभियान सञ्चालन गर्न थालेको हो । शनिबार साँझ धरहरामा ’म जिम्मवार नागरिक’ ह्यासट्याग लेखेर बत्ती बाल्दै अभियानको बारेमा जानकारी दिइएको थियो ।
कान्तिपुर समाचारबाट साभार