काठमाडौं– महानगरीय प्रहरी वृत्त महाराजगंजले प्रतिबन्धित लागूऔषध खैरो हिरोइन सहित २ जना पक्राउ परेका छन् ।
काठमाडौं वडा नं ३ धारापाटी स्थित सुरज राजभण्डारीको घरको भुइँ तलामा डेरा गरी बस्ने सुवास बराल र मोविन जोलाहाले खैरो हिरोइन बेच विखन गरिरहेको भन्ने सूचानाका आधारमा वृत्त महाराजगंजको विशेष टोलीले चेकजाँच गर्दा पक्राउ गरेको हो ।
प्रहरीले लागूऔषध २० ग्राम, लागूऔषध जोख्ने तराजु १ थान, मोबाइल ३ थान, नेपाली रुपैयाँ ८२ हजार, भारतीय ५०० दरको ९ हजार फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए । उनीहरुलाई वृत्त महाराजगंजबाट लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आजको अन्नपुर्ण पोष्टबाट साभार